बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय
सुरक्षा समिति बैठक

सुरक्षा रणनीति बनाउन काठमाडौँ जिल्ला सुरक्षा समितिको बैठक बस्ने

बुधबार, १४ जेठ २०८२, १६ : १६
बुधबार, १४ जेठ २०८२

समाचार सारांश

  • काठमाडौँ जिल्ला सुरक्षा समितिले आज साँझ ७ बजे बैठक बोलाएको छ।
  • जेठ १५ गते राजावादी र एमालेले कार्यक्रम गर्ने भएपछि बैठक बोलाइएको हो।
  • यसअघि गृहमन्त्रीको नेतृत्वमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो।

काठमाडौँ । काठमाडौँ जिल्ला सुरक्षा समितिले बैठक बोलाएको छ । आज साँझ ७ बजे बस्ने गरी जिल्ला सुरक्षा समितिको बैठक बोलाएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जानकारी दिए ।

जेठ १५ गते काठमाडौँमा राजावादी र एमालेले फरक फरक प्रकृतिका कार्यक्रम गर्न लागेपछि जिल्ला सुरक्षा समितिको बैठक बस्न लागेको हो । 

यसअघि मंगलबार गृहमन्त्रीको नेतृत्वको केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो । बैठकमा तीन सुरक्षा निकायका प्रमुखहरूले सुरक्षा रणनीतिबारे ब्रिफिङ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप