सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय

गणतन्त्र  जनसङ्घर्षबाट प्राप्त उपलब्धि हो : पूर्वराष्ट्रपति भण्डारी

बिहीबार, १५ जेठ २०८२, ०९ : २८
बिहीबार, १५ जेठ २०८२

समाचार सारांश

  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र नेपाली जनताको लामो र कठोर सङ्घर्षको मूर्तरूप भएको बताइन्।
  • उनले गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै यसको रक्षा, प्रयोग र विकास गर्दै समुन्नत नेपाल बनाउनुपर्ने बताइन्।
  • भण्डारीले आर्थिक विकासलाई तीव्रता दिनुपर्ने र जनताको समृद्धिको आकाङ्क्षा पूरा गर्नुपर्नेमा जोड दिइन्।

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र नेपाली जनताको लामो र कठोर सङ्घर्षको मूर्तरूप भएको बताएकी छिन् , गणतन्त्र दिवसको अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै पूर्वराष्ट्रपति भण्डारीले गणतन्त्र ऐतिहासिक राजनीतिक उपलब्धि भएको भन्दै यसको रक्षा, प्रयोग र विकास गर्दै समुन्नत नेपाल बनाउने हामी सबैको साझा दायित्व भएको  बताइन् ।  

साथै उनले गणतान्त्रिक मूल्य, मान्यता र आदर्शहरूलाई सदा कायम राखिरहन आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न आह्वान गरिन् । 

“यो राजनीतिक परिवर्तनले मुलुकको सामाजिक–आर्थिक विकासलाई तीव्रता दिन मार्ग प्रशस्त गरेको छ, हौसला प्रदान गरेको छ”, पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा  भनेकी छिन् “शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र पूर्वाधारको विकासमा एकस्तरका उपलब्धि हासिल भएका छन् । अनि आफ्नो देशको विकास आफँै गर्नुपर्छ भन्ने भावना विस्तार भएको छ ।”

मुलुकको आर्थिक विकासका प्रयासलाई थप सघन बनाउनुपर्नेमा जोड दिँदै उनले  जनताको समृद्धिको आकाङ्क्षालाई साकार तुल्याउन दत्तचित्त भएर लाग्नुपर्ने बताइन् । 

आर्थिक रूपले सुसम्पन्न नेपाल बनाउने महाभियानलाई सार्थक तुल्याउने दिशामा नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल र सम्बद्ध सबैलाई गणतन्त्र दिवसले प्रेरणा प्रदान गर्ने विश्वास पूर्वराष्ट्रपति भण्डारीले व्यक्त गरिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप