विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ स्वाँतस्थित शिखर आधारभूत विद्यालयमा शिक्षक र विद्यार्थीको सङ्ख्या बराबर छ । कक्षा ५ सम्म अध्यापन हुने यो विद्यालयमा तीन जना विद्यार्थी छन् । कक्षा ३ मा दुई र कक्षा ४ मा एक जना विद्यार्थी छन् ।
प्रधानाध्यापक रामचन्द्र पाइजाका अनुसार विद्यालयमा एक जना स्थायी दरबन्दी, एक जना निजी स्रोतका शिक्षक र एक जना कार्यालय सहयोगी छन् । ‘तीन वर्षयता विद्यालयमा विद्यार्थी आएका छैनन्’, उनले भने, ‘भएका विद्यार्थी पनि गएपछि बालकक्षा, कक्षा १, २ र ५ विद्यार्थीविहीन भएको छ ।’
स्वाँत गाउँमा ७० घर भए पनि हाल परिवारको मात्र बसोबास छ । विद्यार्थी सङ्ख्या कम भए पनि विद्यालय सञ्चालन गर्नुपरेको अन्नपूर्ण गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले बताए । स्वाँतको छिमेकी गाउँ किन्दु आधारभूत विद्यालयमा पनि विद्यार्थी सङ्ख्या न्यून रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पलाई पाँच लाख आप्रवासीको कानुनी मान्यता खारेज गर्न सर्वोच्च अदालतद्वारा अनुमति
-
लेखापरीक्षणमा पारदर्शिता सुनिश्चित गर्न महालेखापरीक्षकको जोड
-
सशस्त्र प्रहरीद्वारा १३ लाख ८० मूल्यका भन्सार छलीका सामान बरामद
-
२८ जना एसएसपीहरुको सरुवा (सूचीसहित)
-
प्रशासनको निषेधाज्ञापछि राजावादीको भोलिको प्रदर्शनस्थल परिवर्तन
-
सगरमाथा आरोही शेर्पा नगदसहित सम्मानित