सशस्त्र प्रहरीद्वारा १३ लाख ८० मूल्यका भन्सार छलीका सामान बरामद
सारांश
- सशस्त्र प्रहरी बल पर्साले वीरगञ्जमा भन्सार छलेर ल्याइएका १३ लाख ८० हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ।
- प्रहरीले नगवा गाउँबाट मोबाइल पाट्र्स, जुत्ता, र अन्य सामानसहित ८ लाख ३६ हजार ९५० रुपैयाँको सामान नियन्त्रणमा लियो।
- चण्डालचोकबाट २ लाख ७० हजारको मोटर पाट्र्स र अन्य सामानसहित २ लाखको ई-रिक्सा पनि बरामद गरी भन्सार कार्यालयमा बुझाइयो।
वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले भन्सार छली गरेर भित्र्याइएका रु १३ लाख ८० हजार मूल्य पर्ने सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले शुक्रबार विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याइएका सो सामान नियन्त्रणमा लिएको हो ।
पर्साका सशस्त्र प्रहरीका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले वीरगञ्ज महानगर–१६ स्थित नगवा गाउँस्थित डम्पिङ साइटबाट भारतबाट अवैध रूपमा भन्सार छली गरेर चारवटा साइकलमा लोड गरी वीरगञ्जतर्फ ल्याउँदै गरेको रु आठ लाख ३६ हजार ९५० मूल्य बराबरको मोबाइल पाट्र्स, फुटबल सुज, लेडिज तथा जेन्ट्स सुजलगायत सामान नियन्त्रणमा लिएको जानकारी दिनुभयो । भन्सार छली भएका सामानलाई आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
त्यसैगरी सशस्त्र प्रहरीले शुक्रबार ड्राइपोर्टबाट खटिएको टोलीले वीरगञ्ज महानगर–२५ चण्डालचोकबाट अवैध रूपमा भन्सार छली गरेर प्रदेश२–०३ ००१ स ४२६४ नम्बरको इ–रिक्सामा लोड गरी ल्याउँदै गरेको रु दुई लाख ७० हजार मूल्य पर्ने मोटर पाट्र्स बरामद गरेको छ ।
त्यस्तै गरी रु दुई लाख मूल्य पर्ने इ–रिक्सा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको जनाएको छ । त्यसैगरी भगुवा तथा नगवा इलाकाबाट रु ७३ हजार ८०० मूल्य पर्ने कपडा र किराना सामानसमेत नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण