सत्तामा बसेकाहरूका कारण जनता असन्तुष्ट छन् : विप्लव
बुटवल । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सत्तामा बस्नेहरूका गतिविधिले जनतामा असन्तुष्टि बढेको बताएका छन् । उनले अहिले राम्रो काम नगरेका कारण गणतन्त्रप्रति कोही सन्तुष्ट हुन नसकेको र विकल्प खोजिरहेका बताए।
जनपत्रकार सङ्गठन र जनगर्जन मिडिया प्रालिले आज बुटवलमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अपेक्षाअनुसार काम नहुँदा युवादेखि सबैमा असन्तुष्टि बढेको बताए ।
उनले गणतन्त्रप्रति असन्तुष्टि बढ्दै जाँदा राजसंस्था पक्षधरहरू सडक आन्दोलनमा आएको समेत बताए । उनीहरू सडकमा आउँदा आम सर्वसाधारण नागरिकमा अहिलेको गणतन्त्रको विकल्प त्यही हो कि भन्ने भ्रम परेको समेत विप्लवले बताए । तर गणतन्त्रको विकल्प राजसंस्था हुन नसक्ने प्रस्ट पार्दै उनले अहिलेको असन्तुष्टिको समाधान नेपाली विशेषताको समाजवाद हुने बताए ।
उनले नेपालमा कस्तो खालको समाजवाद आवश्यक छ भन्नेमा खुल्ला बहस गरी सामन्तवादको समूल नष्ट गर्नुपर्नेमा समेत जोड दिए । उनले पोखरा विमानस्थलदेखि हालै गृहमन्त्री प्रकरणको समेत उल्लेख गर्दै तीन ठुला दलका शीर्ष नेताहरू चोचोमोचो मिलाएर मौन बसेको आरोप लगाए । उक्त अवसरमा कृष्ण सेन पत्रकारिता पुरस्कारबाट छलिलाल विश्वकर्मा र यानेन्द्र जिसीलाई पुरस्कृत गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण