शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

कुन सार्वजनिक संस्थानमा कति छन् कर्मचारी ?

बिहीबार, १५ जेठ २०८२, १५ : १७
बिहीबार, १५ जेठ २०८२

काठमाडौं । नेपालका सार्वजनिक संस्थानमा ३५ हजार कर्मचारी रहेका छन् । अर्थ मन्त्रालयले प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार यी संस्थाामा आर्थिक वर्ष २०८०/८१ सम्म ३४ हजार ९५१ जना कर्मचारी रहेको उल्लेख गरिएको हो । 

त्यसमध्ये सबैभन्दा धेरै कर्मचारी नेपाल विद्युत् प्राधिकरणमा ८ हजार ८३९ जना रहेका छन् । त्यस्तै, नेपाल दूरसञ्चार कम्पनीमा ५ हजार १८७, राष्ट्रिय वाणिज्य बैंकमा ३ हजार ६६४, नेपाल बैंकमा ३ हजार ५६४, कृषि विकास बैंकमा ३ हजार ८०, वायुसेवा निगममा २ हजार ४ जना, वायुसेवा निगममा १८८७ जना,  दुग्ध विकास संस्थानम ८६१ जना कर्मैचारी छन् । 

नेपाल आयल निगममा ७६५, खानेपानी संस्थानमा ५६८, खाद्य तथा व्यापार कम्पनीमा ४६३, गोरखापत्र संस्थानमा ४५९, जनक शिक्षा सामाग्री केन्द्रमा ४१० जना, साझा यातायातमा ३७९, सार्वजनिक सेवा प्रसारण केन्द्रमा ३२० जना, हेटौंडा सिमेन्टमा ३३६ जना उदयपुर सिमेन्टमा ३०५, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा २२९, कृषि सामाग्री कम्पनीमा २१६ जना कर्मचारी रहेका अर्थ मन्त्रालयले जनाएको छ । 

त्यस्तै, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा २१९ जना रहेका छन् । अन्य संस्थानमा भो त्योभन्दा कम कर्मचारी छन् । हाल नेपालमा ४५ वटा सार्वजनिक संस्थान रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप