कुन सार्वजनिक संस्थानमा कति छन् कर्मचारी ?
काठमाडौं । नेपालका सार्वजनिक संस्थानमा ३५ हजार कर्मचारी रहेका छन् । अर्थ मन्त्रालयले प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार यी संस्थाामा आर्थिक वर्ष २०८०/८१ सम्म ३४ हजार ९५१ जना कर्मचारी रहेको उल्लेख गरिएको हो ।
त्यसमध्ये सबैभन्दा धेरै कर्मचारी नेपाल विद्युत् प्राधिकरणमा ८ हजार ८३९ जना रहेका छन् । त्यस्तै, नेपाल दूरसञ्चार कम्पनीमा ५ हजार १८७, राष्ट्रिय वाणिज्य बैंकमा ३ हजार ६६४, नेपाल बैंकमा ३ हजार ५६४, कृषि विकास बैंकमा ३ हजार ८०, वायुसेवा निगममा २ हजार ४ जना, वायुसेवा निगममा १८८७ जना, दुग्ध विकास संस्थानम ८६१ जना कर्मैचारी छन् ।
नेपाल आयल निगममा ७६५, खानेपानी संस्थानमा ५६८, खाद्य तथा व्यापार कम्पनीमा ४६३, गोरखापत्र संस्थानमा ४५९, जनक शिक्षा सामाग्री केन्द्रमा ४१० जना, साझा यातायातमा ३७९, सार्वजनिक सेवा प्रसारण केन्द्रमा ३२० जना, हेटौंडा सिमेन्टमा ३३६ जना उदयपुर सिमेन्टमा ३०५, जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा २२९, कृषि सामाग्री कम्पनीमा २१६ जना कर्मचारी रहेका अर्थ मन्त्रालयले जनाएको छ ।
त्यस्तै, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा २१९ जना रहेका छन् । अन्य संस्थानमा भो त्योभन्दा कम कर्मचारी छन् । हाल नेपालमा ४५ वटा सार्वजनिक संस्थान रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण