बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल वायु सेवा निगमको खुद नोक्सान १ अर्ब ४ करोड

बिहीबार, १५ जेठ २०८२, १५ : २१
बिहीबार, १५ जेठ २०८२

काठमाडौँ । नेपाल वायु सेवा निगम १ अर्ब ४ करोड ७९ लाख रुपैयाँ बराबर खुद नोक्सानीमा रहेको छ । अर्थ मन्त्रालयले प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८०/८१ अनुसार यस्तो पाइएको हो । 

निगमको सञ्चालन आय आर्थिक वर्ष २०७९/८० मा  २३ अर्ब ३६ करोड ९९ लाख रहेकोमा समीक्षा अवधिमाम ११  प्रतिशतले कमी भएको छ । समीक्षा अवधिमा २० अर्ब ६३ करोड ७६  लाख कायम भएकोले यस क्षेत्रको समग्र सञ्चालन आयमा प्रभाव परेको छ । 

यस संस्थानको आर्थि वर्ष २०७९/८० मा कुल प्रशासनिक खर्च ७ अर्ब ४८ करोड ५९ लाख रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा  १२.०३  प्रतिशले  घट्न गई ६ अर्ब ५८ करोड ४९ लाख भएको छ । 

२०७९/८० मा खुद नाफा २ अर्ब ९३ करोड ६२ लाख रहेकोमा २०८०/८१ मा ६०.५० प्रतिशतले खुद नोक्सान वृद्धि  भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप