तल्लो सेती आयोजना सरकारी लगानीमा निर्माण गर्ने
बिहीबार, १५ जेठ २०८२, १६ : ३२
_bybdmIrzws.jpg)
काठमाडौँ । सरकारले तल्लो सेती आयोजना सरकारी लगानीमा निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेटमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।
उनले आन्तरिक खपत बढाउने,आगामी दुई वर्षमा ग्रामीण विद्युतीकरण सकिने पनि बताए । उनले ६७० मेगावाटको जलसाय युक्त दुधकोशी जलविद्युत आयोजनाको जग्गा मुआब्जाको काम सम्पन्न गरी निर्माण कार्य सुरु गर्ने बताए ।
उनले अध्ययन सम्पन्न भएको तनहुँस्थित तल्लो सेती आयोजना सरकारी लगानीमा निर्माण गरिने र बुढीगण्डकी आयोजना सार्वजनिक निजी साझेदारीमा निर्माण गरिने पनि बताए ।
उनले भने, ‘सरकारले गरेको लगानीलाई सेयरमा परिणत गरेको छ । अपर अरुण किमाथाङ्का अरुण,नलगाड,मुगु कर्णालीको निर्माण ढाँचामा बनाइने छ । १०६ मेगावाटको जग्दुल्ला आयोजना निर्माण गरिने छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रविधिको प्रयोग गरेर नेपाली युवाहरुले ५१५ मिलियन भित्र्याए : कार्यकारी निर्देशक पौडेल
-
बजेटले अटो सेक्टरलाई फेरि उजागर गर्ने अठोट लिएको छ : अध्यक्ष चौधरी
-
गर्मीमा डिहाइड्रेसनको खतरा : कुन उमेरको व्यक्तिले कति पानी पिउने ?
-
दुई ठुला पार्टी मिलेर बनेको सरकारले पोलिसी डिपार्चर गर्न सकेन : अर्थविद् पौडेल
-
मुम्बईको जीतमा रोहितको रेकर्ड
-
मिलानमा फेरि फर्किए एलेग्री