बजेटले अटो सेक्टरलाई फेरि उजागर गर्ने अठोट लिएको छ : अध्यक्ष चौधरी
काठमाडौँ । नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष करण चौधरीले आगामी बजेट अटो सेक्टरलाई उजागर गर्ने किसिमले आएको बताएका छन् । उनले नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले शनिबार आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
'आगामी बजेटबाट अत्यन्तै खुसी छु । यो बजेटले अटो सेक्टरलाई फेरि उजागर गर्ने अठोट लिएको छ,' उनले भने,'अटो सेक्टरलाई चलायमान गर्ने सरकारको यो पहल सर्हानिय छ । यो बजेटले सानोतिनो चिजमा तलमाथि भएको छ ।'
अटो क्षेत्रले राज्यलाई केही पनि गरेको छैन भन्ने भनाइलाई आगामी आवको बजेटले चिरेको उनले बताए । अहिलेको नीतिले भविष्यमा निकै सकारात्मक प्रभाव पार्ने उनको भनाइ छ । बजेटमा आलोचना गर्नु पर्ने कुनै ठाउँ नरहेको उनले बताए ।
नेपालमा युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न व्यापार वृद्धि गरिनुपर्ने उनको भनाइ थियो। यो पालिको बजेटले युवा पुस्तालाई प्राथमिकतामा राखेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण