आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

नेपाल एसबिआई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विकास आनन्द नियुक्त

शनिबार, १७ जेठ २०८२, १० : ०४
शनिबार, १७ जेठ २०८२

काठमाण्डौं । नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका विकास आनन्द  बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । 

यस नियुक्तिसँग आनन्दले बैंकको नायब प्रमुख कार्यकारी अधिकृत र प्रमुख सञ्चालन अधिकृतको समेत जिम्मेवारी सम्हालिरहेका छन् । 

नेपाल एसबिआई बैंकले विगत ३१ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप