आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

मुम्बईको जीतमा रोहितको रेकर्ड

शनिबार, १७ जेठ २०८२, १० : २२
शनिबार, १७ जेठ २०८२

समाचार सारांश

  • इन्डियन प्रिमियर लिगको एलिमिनेटरमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई २० रनले हरायो र दोस्रो क्वालिफायरमा पुग्यो।
  • खेलमा रोहित शर्माले ५० बलमा ८१ रन बनाए, र मुम्बईले गुजरातलाई २२९ रनको लक्ष्य दिएको थियो।
  • खेलमा विभिन्न कीर्तिमानहरू बने, जसमा मुम्बईको उच्च स्कोर र रोहित शर्माको व्यक्तिगत उपलब्धिहरू समावेश छन्।

काठमाडौँ । इन्डियन प्रिमियर लिगको एलिमिनेटरमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई २० रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भएको छ । 

शुक्रबार चन्दीगढको पञ्जाब क्रिकेट एसोसिएसनको मैदानमा मुम्बईले गुजरातसामु जितका लागि २ सय २९ रनको लक्ष्य प्रस्तुत गरेकोमा टोलीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ८ रनमात्र बनाउन सक्यो ।

रोहित शर्माले यस प्रतियोगितामा चौथो अर्धशतक बनाउँदै ५० बलमा टोलीका लागि सर्वाधिक ८१ रन बटुले । उनले आफ्नो इनिङ्समा ९ चौका र ४ छक्का प्रहार गरे । अब मुम्बईले दोस्रो क्वालिफायरमा पञ्जाब किंग्सको सामना गर्नेछ । उक्त खेलको विजेता टोलीले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुको सामाना गर्नेछ । 

शुक्रबारको खेलमा थुप्रै रेकर्डहरू पनि बनेका छन् । हेरौँ कस्ता रेकर्डहरू बने :

  • ५ विकेटमा २२८ - मुम्बई इन्डियन्सको शुक्रबारको कुल स्कोर । आईपीएल प्लेअफ (वा नकआउट) मा कुनै पनि टोलीले बनाएको दोस्रो ठुलो स्कोर हो । सन् २०२३ मा गुजरात टाइटन्सले मुम्बईविरुद्ध ३ विकेटको क्षतिमा २३३ रन बनाएको थियो।
  • ४ - एलिमिनेटरमा २२८ रन भन्दा बढी आईपीएल मुम्बईको कुल स्कोरको संख्या । ती चार कुल स्कोरमध्ये तीन २०२४ सिजनमा आएका थिए। मुम्बईको २२८ रन आईपीएलमा पहिले ब्याटिङ गर्दाको उनीहरूको तेस्रो उच्च स्कोर पनि हो।
  • ७०३८ - रोहित शर्माले आईपीएलमा बनाएका रन । उनी विराट कोहलीपछि ७ हजार आईपीएल रन पूरा गर्ने मात्र दोस्रो ब्याट्सम्यान हुन् । कोहलीले कूल ८ हजार ६१८ रन छ।
  • ३०२ - रोहितले आईपीएलमा प्रहार गरेको छक्काको संख्या। क्रिस गेल (३५७) पछि लिगमा ३०० भन्दा बढी छक्का प्रहार गर्ने उनी दोस्रो ब्याट्सम्यान हुन् । रोहितले प्रहार गरेका ती छक्कामध्ये २५१ छक्का मुम्बईका लागि हुन् भने बाँकी ५१ छक्का डेक्कन चार्जर्सका लागि हुन्। कोहली (बेंगलुरुका लागि २९१) ले मात्र आईपीएलमा एउटा टोलीका लागि बढी छक्का प्रहार गरेका छन्।
  • ७५९ - आईपीएल २०२५ मा साई सुदर्शनले बनाएको रन । यो आईपीएलको एक संस्करणमा ब्याट्सम्यानले बनाएको पाँचौँ सर्वाधिक रन हो। गुजरातका लागि शुभमन गिलले सन् २०२३ मा ८९० रन बनाएका थिए । 
  • ११.४५ - जोनी बेयरस्टो र रोहित बिचको ओपनिङ साझेदारीको रन रेट । उनीहरुले ७.२ ओभरमा ८४ रन जोडे। यो आईपीएल प्लेअफ (वा नकआउट) मा ५० रन भन्दा बढीको ओपनिङ साझेदारीको लागि रन रेटको हिसाबले दोस्रो सबैभन्दा छिटो हो । सन् २०२२ मा रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध ५.१ ओभरमा ६१ रन बनाएका यशस्वी जयस्वाल र जोस बटलरको रन रेट ११.८० थियो।
  • १८-० - आईपीएलमा २०० वा सोभन्दा बढीको लक्ष्यको रक्षा गर्ने आफ्नो विजयी शृङ्खलालाई मुम्बईले निरन्तरता दियो । सबै टी-२० मा, २०० भन्दा बढीको लक्ष्यको रक्षा गर्दा १९-० को रेकर्ड छ ।
  • ४३६ - नयाँ चण्डीगढमा शुक्रबार गुजरात र मुम्बईले बनाएको रन। यो प्लेअफ (वा नकआउट) मा आईपीएल खेलको लागि सबैभन्दा उच्च योगफल हो । यसले सन् २०१४ मा किंग्स इलेवन पञ्जाब (अहिले पञ्जाब किंग्स) र चेन्नई सुपर किंग्सले बनाएको ४२८ रनलाई उछिन्यो ।
  • ३३ - राशिद खानविरुद्ध आईपीएल २०२५ मा प्रहार भएको छक्काको संख्या । आईपीएलको एक संस्करणमा कुनै पनि बलरले दिएको सबैभन्दा धेरै छक्का हो । सन् २०२२ मा मोहम्मद सिराजविरुद्ध ३१ छक्का प्रहार भएको थियो। राशिदविरुद्ध प्रहार भएको ३३ छक्का पुरुष टी-२० प्रतियोगितामा कुनै पनि बलरविरुद्ध प्रहार भएको संयुक्त रूपमा सबैभन्दा धेरै छक्का पनि हो । सन् २०१८ मा सीपीएलमा ड्वेन ब्राभोले यो रेकर्ड बनाएका थिए ।

ईएसपीएन क्रिकइन्फो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप