यी हुन् एक खर्बभन्दा बढी बजेट पाउने चार मन्त्रालय
शुक्रबार, १६ जेठ २०८२, ०७ : ३२
सारांश
- आगामी आर्थिक वर्ष २०८२/८३ का लागि चार मन्त्रालयले एक खर्बभन्दा बढी बजेट पाएका छन्।
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबैभन्दा बढी बजेट पाएको छ, जसमा शिक्षक र कर्मचारीको तलब भत्ता, दिवा खाजा र शैक्षिक प्रतिष्ठानका लागि रकम विनियोजन गरिएको छ।
- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय र गृह मन्त्रालयले पनि ठूलो बजेट पाएका छन्।
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि चार वटा मन्त्रालयले एक खर्बभन्दा बढी बजेट पाएका छन् ।
बिहीबार सार्वजनिक बजेटअनुसार सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाएको छ । देशभरका शिक्षक, कर्मचारीको तलब भत्ता, विद्यार्थीका लागि दिवा खाजा तथा अन्य शैक्षिक प्रतिष्ठानका लागि खर्च गर्ने गरी रु दुई खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको छ ।
यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु एक खर्ब ५२ अर्ब बजेट पाएको छ । देशभरका भौतिक पूर्वाधारसँग सम्बन्धित परियोजना कार्यान्वयनका लागि उक्त बजेट उपलब्ध गराइएको हो ।
आगामी आवको बजेटमा सहरी विकास मन्त्रालयका लागि रु एक खर्ब १८ अर्ब ३४ करोड विनियोजन भएको छ । यसैगरी गृह मन्त्रालयलाई २ खर्ब ८ अर्ब ६२ करोड बजेट उपलब्ध गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली प्रदेशसभा बैठक सुरु
-
एउटा अभूतपूर्व ऐक्यबद्धताः जसले भारतीय युवा आन्दोलनलाई जीवन्त बनाइरहेको छ
-
शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र कोरियाली टोलीको सहकार्य : ७ बालबालिकाको मुटुको जटिल शल्यक्रिया
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण