यी हुन् एक खर्बभन्दा बढी बजेट पाउने चार मन्त्रालय
शुक्रबार, १६ जेठ २०८२, ०७ : ३२

समाचार सारांश
- आगामी आर्थिक वर्ष २०८२/८३ का लागि चार मन्त्रालयले एक खर्बभन्दा बढी बजेट पाएका छन्।
- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबैभन्दा बढी बजेट पाएको छ, जसमा शिक्षक र कर्मचारीको तलब भत्ता, दिवा खाजा र शैक्षिक प्रतिष्ठानका लागि रकम विनियोजन गरिएको छ।
- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय र गृह मन्त्रालयले पनि ठूलो बजेट पाएका छन्।
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि चार वटा मन्त्रालयले एक खर्बभन्दा बढी बजेट पाएका छन् ।
बिहीबार सार्वजनिक बजेटअनुसार सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाएको छ । देशभरका शिक्षक, कर्मचारीको तलब भत्ता, विद्यार्थीका लागि दिवा खाजा तथा अन्य शैक्षिक प्रतिष्ठानका लागि खर्च गर्ने गरी रु दुई खर्ब ११ अर्ब १७ करोड विनियोजन गरिएको छ ।
यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु एक खर्ब ५२ अर्ब बजेट पाएको छ । देशभरका भौतिक पूर्वाधारसँग सम्बन्धित परियोजना कार्यान्वयनका लागि उक्त बजेट उपलब्ध गराइएको हो ।
आगामी आवको बजेटमा सहरी विकास मन्त्रालयका लागि रु एक खर्ब १८ अर्ब ३४ करोड विनियोजन भएको छ । यसैगरी गृह मन्त्रालयलाई २ खर्ब ८ अर्ब ६२ करोड बजेट उपलब्ध गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समावेश भएसँगै दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना अघि बढ्ने विश्वास
-
ललितपुरका पत्रकारहरूको स्वास्थ्य परीक्षण
-
आख्यान र समालोचनाका आयाम
-
कोशी राजमार्ग बाढीले बगायो, यातायात अवरुद्ध
-
बजेट र कार्यक्रममा समान व्यवहार गर्न समानुपातिक सांसदहरूको माग
-
प्रकृति र संस्कृतिले पर्यटक तानिरहेको मुस्ताङ (तस्बिरहरू)