मङ्गलबार, २० जेठ २०८२
ताजा लोकप्रिय
गृह प्रशासन

गृह मन्त्रालयले गर्‍यो चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा

आइतबार, १८ जेठ २०८२, १९ : १२
आइतबार, १८ जेठ २०८२

समाचार सारांश

  • गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा गरेको छ।
  • बर्दिया, कास्की, धनुषा र पाँचथरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ।
  • कास्कीका भरतमणि पाण्डेलाई मन्त्रालयमा तानेर जगेडामा राखिएको छ भने सुरेन्द्र पौडेललाई बर्दियाको प्रमुख जिल्ला अधिकारी बनाइयो।

काठमाडौँ । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा गरेको छ । शुक्रबार गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बर्दिया, कास्की, धनुषा र पाँचथरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव छवि रिजालले रातोपाटीलाई जानकारी दिए । 

महाशाखा प्रमुख रिजालका अनुसार बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको कास्कीको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई मन्त्रालयमा तानेर जगेडामा राखिएको छ ।

त्यस्तै मन्त्रालयको जगेडामा रहेका सहसचिव सुरेन्द्र पौडेललाई बर्दियाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । मन्त्रालयमै जगेडामा रहेका शंकरहरि शर्मालाई धनुषाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

त्यहाँका रामुराज कडरीयालाई मन्त्रालयमा तानिएको छ । मन्त्रालयमा रहेका सहसचिव अरुण पोखरेललाई पाँचथरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको महाशाखा प्रमुख रिजालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप