गृह मन्त्रालयले गर्यो चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा
सारांश
- गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा गरेको छ।
- बर्दिया, कास्की, धनुषा र पाँचथरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ।
- कास्कीका भरतमणि पाण्डेलाई मन्त्रालयमा तानेर जगेडामा राखिएको छ भने सुरेन्द्र पौडेललाई बर्दियाको प्रमुख जिल्ला अधिकारी बनाइयो।
काठमाडौँ । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित ६ सहसचिवको सरुवा गरेको छ । शुक्रबार गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बर्दिया, कास्की, धनुषा र पाँचथरका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव छवि रिजालले रातोपाटीलाई जानकारी दिए ।
महाशाखा प्रमुख रिजालका अनुसार बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको कास्कीको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई मन्त्रालयमा तानेर जगेडामा राखिएको छ ।
त्यस्तै मन्त्रालयको जगेडामा रहेका सहसचिव सुरेन्द्र पौडेललाई बर्दियाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । मन्त्रालयमै जगेडामा रहेका शंकरहरि शर्मालाई धनुषाको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।
त्यहाँका रामुराज कडरीयालाई मन्त्रालयमा तानिएको छ । मन्त्रालयमा रहेका सहसचिव अरुण पोखरेललाई पाँचथरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको महाशाखा प्रमुख रिजालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण