नासाको नेतृत्वबाट इसाकम्यानलाई हटाइयो
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नासाको प्रमुख जेरेड इसाकम्यानलाई फिर्ता बोलाएका छन् । शनिबार ह्वाइट हाउसले नयाँ उम्मेदवारको घोषणा छिट्टै गरिने बताएको छ ।
राष्ट्रपति ट्रम्पले आफ्नै लगानीमा सञ्चालित सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘नासाको प्रमुखका लागि जेरेड इसाकम्यानको मनोनयन फिर्ता लिएको छु । म चाँडै नै नयाँ मनोनीतको घोषणा गर्नेछु । नयाँ उम्मेदवार छिट्टै मिसनमा आबद्ध हुनुहुनेछ र अमेरिकालाई अन्तरिक्षको दोडमा पहिलो स्थानमा राखिरहन नेतृत्व गर्नुहुनेछ।’
गत वर्षको अन्त्यमा ट्रम्पले अर्बपति तथा निजी अन्तरिक्ष यात्री इसाकम्यानलाई नासाको प्रमुखको रूपमा मनोनित गरेका थिए । सिनेटको वाणिज्य, विज्ञान र यातायात समितिले अप्रिलको अन्त्यमा उनको नामाङ्कनलाई अनुमोदन गरेको थियो।
मस्कका निकट सहयोगी तथा उनको कम्पनी स्पेसएक्सका महत्वपूर्ण सेवाग्राही आइज्याकम्यानले कम्पनीबाट करोडौं डलरमा थुप्रै निजी अन्तरिक्ष उडान किनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण