बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

कोलोराडोमा भएको घटनालाई इजरायली विदेशमन्त्रीले भने ‘यहुदी विरोधी’

सोमबार, १९ जेठ २०८२, ०९ : ३८
सोमबार, १९ जेठ २०८२

समाचार सारांश

  • इजरायलका विदेशमन्त्री गिदोन सारले कोलोराडो घटनालाई यहुदी विरोधी आक्रमण भनेका छन् र दुःख व्यक्त गरे।
  • सारले घाइतेहरूको लागि प्रार्थना गर्दै मिडियामा फैलिएको झूटा समाचारले घृणा बढाएको बताए।
  • एफबीआईले घटनालाई आतंकवादी आक्रमणको रूपमा अनुसन्धान गरिरहेको छ, तर बोल्डर प्रहरीले निष्कर्षमा पुग्न हतार नगर्न आग्रह गरेको छ।

तेल अभिभ । इजरायलका विदेशमन्त्री गिदोन सारले अमेरिकाको कोलोराडोमा भएको घटनाप्रति आफ्नो प्रतिक्रिया दिएका छन् । उनले यो घटनालाई यहुदी विरोधी आक्रमण भनेका छन् र यस घटनाबाट आफू धेरै स्तब्ध भएको पनि बताएका छन् । 

गिदोन सारले आफ्नो एक्स खातामा लेखेका छन्, ‘कोलोराडोको बोल्डरमा यहुदीहरूलाई लक्षित गरी गरिएको यो आक्रमण धेरै दुःखद र यहुदी विरोधी छ ।’ ‘म आक्रमणमा घाइते भएकाहरूको लागि प्रार्थना गर्छु ।’ पोस्टमा उनले लेखेका छन् । मिडियामा फैलिएको झूटा समाचारले यो घृणालाई बढवा दिएको पनि उनले बताए । गिदोन सारले अमेरिकाका लागि इजरायली राजदूत र लस एन्जलसस्थित महावाणिज्य दूतावाससँग पनि कुरा गरेको बताए । 

यसैबिच, एफबीआईले यो घटनालाई आतङ्कवादी आक्रमणको रूपमा अनुसन्धान गरिरहेको छ, तर बोल्डर प्रहरीले अहिलेसम्म यसलाई आतङ्कवादी आक्रमण भनेको छैन । बोल्डर प्रहरीले पूर्ण जानकारी बिना यस घटनाको बारेमा कुनै पनि निष्कर्षमा नपुग्न मानिसहरूलाई अपिल गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप