बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

बैँकिङ प्रणालीबाट एकैदिन ७० अर्ब तान्दै राष्ट्र बैँक

सोमबार, १९ जेठ २०८२, ११ : ०९
सोमबार, १९ जेठ २०८२

समाचार सारांश

  • नेपाल राष्ट्र बैंकले बुधबार एकै दिन बैंक प्रणालीबाट ७० अर्ब रुपैयाँ उठाउने भएको छ।
  • बैंक तथा वित्तीय संस्थाहरूले बोलकबोलमा भाग लिन सक्नेछन्, जसमा न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँसम्मको बोल गर्न सकिनेछ।
  • बोलकबोल आगामी असार ८ गतेसम्मका लागि आह्वान गरिएको छ, र यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण गरिनेछ।

काठमाडौँ । नेपाल राष्ट्र बैँकले बुधबार एकै दिन बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ उठाउने भएको छ। पछिल्लो समय बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैँकले बैँकिङ प्रणालीबाट निरन्तर रूपमा निक्षेप रकम उठाइरहेको छ । यसअघि एकै दिन ८० अर्ब रुपैयाँ  तानेको थियो । 

राष्ट्र बैँकले २० दिनका लागि बोलकबोल आह्वान गरेको छ, जसमा बैँक तथा वित्तीय संस्थाहरूले भाग लिन सक्नेछन्। सोमबार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बैँक तथा वित्तीय संस्थाहरूले बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । 

राष्ट्र बैँकका अनुसार सावाँ तथा ब्याज भुक्तानी आगामी असार ८ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । निक्षेप सङ्कलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव) पछिको हकमा चार (अंकसम्म) उल्लेख गर्नुपर्नेछ । 

बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिनेछ । निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा राष्ट्र बैँकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैँक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप