को हुन् सलमान खानका नेपाली भाइ ?
सारांश
- बलिउड अभिनेता सलमान खानले नेपाली भाइ रहेको खुलासा गरेका छन्, जसलाई उनका काकाले धर्मपुत्रका रूपमा पालेका थिए।
- सलमानले सानो छँदा टेसु नाम गरेका नेपालीलाई आफ्ना काकाले आश्रय दिएको र इन्दौरमा राखेको बताएका छन्।
- टेसु विवाहित छन् र तीन सन्तानका पिता हुन्। उनको नेपालको ठेगाना भने खुलाइएको छैन।
काठमाडौँ । बलिउड अभिनेता सलमान खान यतिबेला भारतीय सञ्चारमाध्यममा ‘नेपाली भाइ’का कारण चर्चामा छन् ।
सलमान खानले आफ्नो परिवारमा एक जना नेपाली भाइ रहेको खुलासा गरेको समाचार सोमबार विभिन्न भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार सलमानले आफू सानो छँदाको स्मरण सुनाएका हुन् । त्यतिबेला आफ्ना काकाले टेसु नाम गरेका एक नेपालीलाई धर्मपुत्रका रूपमा पालेको सलमानले बताएका हुन् ।
भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार त्यतिबेला टेसु पनि सानै थिए । उनी सलमानकै आवासीय बिल्डिङको चौथो तलामा घरेलु कामदारका रूपमा बस्दै आएका थिए ।
टेसुलाई कुनै कारणवस उसको साहुले त्यतिबेला निकालिदिएका थिए । त्यसपछि सलमानको काकाले उनलाई असहाय अवस्थामा फेला पारेर आफूसँगै ल्याएका थिए ।
सलमानका अनुसार उनका काकाले टेसुलाई इन्दौरमा आफूसँगै लगे । काकाले उनलाई धर्मपुत्रजस्तै गरी राखेको र छोराकै हैसियतमा जायजेथासमेत उपलब्ध गराएको सलमानले खुलासा गरेका छन् । यस अर्थमा टेसु आफ्नो भाइ रहेको सलमानले प्रस्ट पारेका छन् ।
यद्यपि, टेसुको नेपालमा को–को छन्, उनको ठेगाना कहाँ हो भन्ने खुलाइएको छैन । हाल उनी इन्दौरमै रहेको बताइएको छ । उनले विवाह गरिसकेको र तीन सन्तानका पिता रहेको सलमानले खुलासा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण