बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

को हुन् सलमान खानका नेपाली भाइ ?

सोमबार, १९ जेठ २०८२, १३ : ५६
सोमबार, १९ जेठ २०८२

समाचार सारांश

  • बलिउड अभिनेता सलमान खानले नेपाली भाइ रहेको खुलासा गरेका छन्, जसलाई उनका काकाले धर्मपुत्रका रूपमा पालेका थिए।
  • सलमानले सानो छँदा टेसु नाम गरेका नेपालीलाई आफ्ना काकाले आश्रय दिएको र इन्दौरमा राखेको बताएका छन्।
  • टेसु विवाहित छन् र तीन सन्तानका पिता हुन्। उनको नेपालको ठेगाना भने खुलाइएको छैन।

काठमाडौँ । बलिउड अभिनेता सलमान खान यतिबेला भारतीय सञ्चारमाध्यममा ‘नेपाली भाइ’का कारण चर्चामा छन् ।

सलमान खानले आफ्नो परिवारमा एक जना नेपाली भाइ रहेको खुलासा गरेको समाचार सोमबार विभिन्न भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सलमानले आफू सानो छँदाको स्मरण सुनाएका हुन् । त्यतिबेला आफ्ना काकाले टेसु नाम गरेका एक नेपालीलाई धर्मपुत्रका रूपमा पालेको सलमानले बताएका हुन् ।

भारतीय सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार त्यतिबेला टेसु पनि सानै थिए । उनी सलमानकै आवासीय बिल्डिङको चौथो तलामा घरेलु कामदारका रूपमा बस्दै आएका थिए ।

टेसुलाई कुनै कारणवस उसको साहुले त्यतिबेला निकालिदिएका थिए । त्यसपछि सलमानको काकाले उनलाई असहाय अवस्थामा फेला पारेर आफूसँगै ल्याएका थिए ।

सलमानका अनुसार उनका काकाले टेसुलाई इन्दौरमा आफूसँगै लगे । काकाले उनलाई धर्मपुत्रजस्तै गरी राखेको र छोराकै हैसियतमा जायजेथासमेत उपलब्ध गराएको सलमानले खुलासा गरेका छन् । यस अर्थमा टेसु आफ्नो भाइ रहेको सलमानले प्रस्ट पारेका छन् ।

यद्यपि, टेसुको नेपालमा को–को छन्, उनको ठेगाना कहाँ हो भन्ने खुलाइएको छैन । हाल उनी इन्दौरमै रहेको बताइएको छ । उनले विवाह गरिसकेको र तीन सन्तानका पिता रहेको सलमानले खुलासा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप