दक्षिणपन्थी र प्रतिगामीहरू अराजकता मच्चाउन लागेका छन् : प्रधानमन्त्री ओली
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणपन्थी अराजक तत्त्वहरूले सरकारलाई असफल बनाउन खोजेको आरोप लगाए।
- ओलीले सरकारले देशको स्थितिलाई सुधार गर्दै सकारात्मक दिशामा अघि बढाउन खोजेको बताए।
- एमाले संसदीय दलको बैठकमा ओलीले सरकारका राम्रा काम नदेख्ने प्रवृत्ति रहेको बताए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणपन्थी प्रतिगामी, अराजक तत्त्वहरू मिलेर अहिले देशमा अस्तव्यस्तता, अराजकता खडा गर्ने र सरकारलाई असफल गर्ने प्रयासमा लागेको बताएका छन् । सोमबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्ता प्रवृत्तिका तत्त्वहरूले सरकारका राम्रा काम नदेखेको बताए ।
‘दक्षिणपन्थी, प्रतिगामी, अराजक तत्त्वहरू मिलेर नै अहिले देशमा अस्तव्यस्तता, अराजकता खडा गर्ने र सरकारलाई असफल गर्ने प्रयास गरिरहेका छन्’, प्रधानमन्त्री समेत रहेको ओलीले भने, ‘ती घण्टाकर्ण हुन् ।’
उनले १० महिनायता सरकारले बिग्रिएको देशको स्थितिलाई सुधारततर्फ लगिरहेको भन्दै मुलुकलाई सकारात्मक ढङ्गले अघि बढाउने प्रयास भइरहेको बताए । उनले धेरै बिग्रिएको हुनाले एकैपटक सपार्न समय लाग्ने बताए ।
‘ओरालो लाग्ने क्रमलाई रोकेर सकारात्मक बाटोमा अघि बढाएका छौँ’, प्रधानमन्त्री ओलीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण