बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

मेलिना र सञ्जिवको ‘ख्याल ख्यालैमा हरायौँ’ सार्वजनिक

सोमबार, १९ जेठ २०८२, १४ : ५७
सोमबार, १९ जेठ २०८२

काठमाडौँ । सञ्जिवकुमार पौडेल र मेलिना राईको स्वरमा रहेको गीत ‘ख्याल ख्यालैमा हरायौँ’ सार्वजनिक गरिएको छ ।

खगेन्द्र दाहालको शब्द, सञ्जिवकै सङ्गीत, कृष्ण विके (भाञ्जा)को एरेञ्ज गीतमा छ । 

गीतको भिडियोमा स्मारिका ढकाल र सुरेश कोहलीलाई फिचरिङ गरिएको छ । प्रकाश खड्का र टिमको  छायांकन रहेको भिडियोमा लक्ष्मण चौहानको सम्पादन छ । 

भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् । गीतले आफूले माया गरेको मान्छेसँग बोल्दा बोल्दै एक अर्कामा रमाएको, ख्याल ख्यालैमा एक अर्कामा हराएको भाव व्यक्त भएको छ । 

गीतको भिडियो गायक पौडेलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप