बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपेन्द्र यादव र मलेसियन राजदूतबिच नेपाली श्रमिकको समस्याबारे छलफल

सोमबार, १९ जेठ २०८२, १५ : ०१
सोमबार, १९ जेठ २०८२

काठमाडौँ । मलेसिया भ्रमणमा रहेका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र मलेसियाको लागि नेपाली राजदूत डा.नेत्रप्रसाद तिमल्सेनाबिच नेपाली श्रमिकको समस्यामा केन्द्रित भएर बारे छलफल भएको छ । 

राजदूत डा. तिमल्सेनाले अध्यक्ष यादवको सम्मानमा आइतबार राति आयोजना गर्नु भएको स्वागत भोज समारोहमा दुवै पक्षबिच रोजगार र श्रमिक समस्याको विविध आयामबारे छलफल भएको हो । 

छलफल भेटमा अध्यक्ष यादवले मलेसियामा कार्यरत नेपाली श्रमिकको जिउधन र रोजगारको सुरक्षा, कामका दौरान भोग्नु परेको अनेक समस्या समाधानको लागि तदारुकताका साथ पहल गर्न राजदूत तिमल्सेनालाई आग्रह गर्नु भएको छ । 

राजदूत डा. तिमल्सेनाले नेपाली श्रमिकको समस्यामा केन्द्रित भएर दूतावासले काम गरिरहेको र आगामी दिनमा थप प्रभावकारी ढङ्गले लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

उक्त स्वागत समारोहमा मलेसियन दूतावास परिवार, जसपा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख अर्जुन थापा, मधेस प्रदेश सभा सदस्य तथा केन्द्रीय कार्यकारिणी सदस्य राजकुमार गुप्ता  र सेन्टर फर साउथ एसियन स्टडिज काठमाडौँका निर्देशक डा. निश्चलनाथ पाण्डे र जसपा नेपाल निकट नेपाली समाज मलेसियाको नवनिर्वाचित अध्यक्ष विनोद कुमार यादव लगायत सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप