नामीद्वारा ४० देशमा १२ हजारभन्दा बढी जेएफ–एस ३ युनिट निर्यात

काठमाडौँ । जुनफेङ कम्पनीद्वारा उत्पादित विद्युतीय सवारी डोङफेङ नामी जेएफ–एस३ ले हालसम्म ४० भन्दा बढी देशहरूमा १२ हजार युनिट निर्यात गर्दै उल्लेखनीय अन्तर्राष्ट्रिय सफलता हासिल गरेको छ ।
सन् २०२४ को डिसेम्बरदेखि युरोपमा डेलिभरी सुरु भएयता, यस मोडलले नेदरल्याण्ड, नर्वे, चेक गणतन्त्र र लाट्भियाजस्ता देशहरूमा उच्च बिक्री दर कायम राखेको छ। नेदरल्याण्डमा जेएफ–एस३ चिनियाँ इभी ब्रान्डहरूमध्ये सबैभन्दा बढी बिक्री भएको हो, भने नर्वेमा चिसो मौसममा प्रदर्शनका कारण लोकप्रिय बनेको छ ।
यसको सफलताको पछाडि स्थानीय आवश्यकता अनुसार अनुकूलन गरिएको रणनीति रहेको कम्पनीको दाबी छ । उदाहरणका लागि, यूरोपका लागि ऋऋक्२ चार्जिङ, चेक गणतन्त्रका लागि न्यानो स्टेरिङ, र नर्वेमा ब्याट्री इन्सुलेसन प्रणाली उपलब्ध गराइएको छ ।
यो मोडल विश्वभर विभिन्न प्रयोजनका लागि प्रयोग भइरहेको छ – मेक्सिको सिटीमा सार्वजनिक यातायातका लागि, बैंककमा मोबाइल कफी वर्कशपका रूपमा र अफ्रिकामा सौर्य चार्जिङ सुविधासहित ।
साथै, कम्पनीले “इन्टरस्टेलर जियोमेट्रिक“ डिजाइनमा आधारित नयाँ मोडल जेएफ–०६ पनि सार्वजनिक गरेको छ, जसले भविष्यमा कम्पनीको “जेएफ–एस३ + जेएफ–०६“ डुअल मोडल रणनीतिलाई सुदृढ गर्नेछ ।
डोङफेङ नामीले अनुसन्धान केन्द्र,KD असेंब्ली प्लान्ट र "ब्याट्री लिजिङ + सवारी–विद्युत् पृथकीकरण“ मोडेलमार्फत विभिन्न महादेशहरूमा वैश्विक विस्तारलाई तीव्र बनाउँदै लगेको छ ।
कम्पनीले आगामी दिनमा नयाँ मोडल विकास, साझेदारी विस्तार र नवप्रवर्तनमा ध्यान केन्द्रित गर्दै डोङफेङलाई विश्वकै अग्रणी नयाँ ऊर्जा सवारी ब्रान्ड बनाउने लक्ष्य लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरोकारवालाहरूको एकै स्वरः पहलगाम घटनालाई नेपालले गम्भीर लिएन
-
७० वर्षसम्म ‘लिभ इन रिलेशनशिप’, ९ दशक उमेर कटेपछि विवाह
-
गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग
-
एकै साथ ११ कानुन तथा नीति ल्याउने तयारीमा स्वास्थ्य मन्त्री पौडेल
-
रुसले युक्रेनमाथि गर्यो जवाफी हमला, पाँच जनाको मृत्यु
-
विपद्को सामना गर्न विश्वव्यापी सहकार्य आवश्यक : गृह सचिव दुवाडी