फिल्म डेब्यु गर्दै ‘सक्किगोनि’की सुरक्षा
बुधबार, २१ जेठ २०८२, ०९ : ५२
काठमाडौँ । हास्य सिरियल ‘सक्किगोनि’बाट चिनिएकी कलाकार सुरक्षा इटानी फिल्ममा डेब्यु गर्ने भएकी छन् । ‘द ब्लु लाइट’ मार्फत उनले फिल्म डेब्यु लागेकी हुन् ।
निर्माण युनिटले फिल्ममा उनी जोडिएको सार्वजनिक गरेको छ । फिल्म अभिनय आफ्नो कलाकारिता यात्रामा एक नयाँ अध्याय थपिने बताएकी छन् ।
‘द ब्लु लाइट’लाई बलिराम चौहानले निर्देशन गर्दैछन् । उनले पनि यसै फिल्म मार्फत निर्देनमा डेब्यु गर्न लागेका हसन् ।
मंगलबार मात्रै शुभ मुहूर्त गरिएको यो फिल्मको प्रमुख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी, ग्रिष्मा कटुवाल, सहारा शर्मालगायत कलाकारहरूको अभिनय रहनेछ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने फिल्मलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो । सुरक्षाले थुप्रै म्युजिक भिडिओ मोडलिङ गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको अभिव्यक्ति छिमेकी मुलुकलाई खुसी पार्ने खालको छ : विश्वकर्मा
-
साझा बसको रङ फेरेर साउन १ देखि चल्दैछन् ‘ब्लु बस’, कुन रुटमा कतिवटा ?
-
जापानमा रनिङ कप फुटबल सम्पन्न, ओइजुमी एफसीले जित्यो उपाधि
-
प्रधानमन्त्री सडकको होइन, देशको हुनुपर्छ : एमाले
-
महिलाको चरित्र हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ
-
तीन वटा स्मार्ट लाइसेन्स बनाएको आरोपमा एक पुरुष पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण