नेसपा (नयाँ शक्ति) को लोगो र चिन्ह दुरुपयोग नगर्न यादव समूहलाई निर्वाचन आयोगले गरायो सचेत
सारांश
- निर्वाचन आयोगले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नाम, झन्डा र चिन्हको दुरुपयोग नगर्न सचेत गराएको छ।
- आयोगले रमेशप्रसाद यादवलाई नेसपाको महासचिव पदमा नरहेको र लोगो तथा चिन्ह प्रयोग नगर्न निर्देशन दिएको छ।
- यादवले पार्टीको लेटर हेड, लोगो र चिन्हको अनधिकृत प्रयोग गरेको आरोप लागेको छ, जसको छानबिन हुनेछ।
काठमाडौँ । निर्वाचन आयोगले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नाम, झन्डा र चिन्ह दुरुपयोग गरिएकोले अब उप्रान्त नगर्न नगराउन सचेत गराएको छ । जेठ १६ गते आयोगले दिएको आदेश अनुसार नेसपा महिन्द्र राय यादव समूहका महासचिव रमेशप्रसाद यादव नयाँ शक्तिको कुनै पनि पदमा नरहेको भन्दै लोगो र चिन्ह प्रयोग राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ९ को विपरीत भएकाले यस्तो कार्य नगर्न सचेत गराएको हो ।
‘तपाईं रमेशप्रसाद यादव, निवेदक नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महासचिव लगायत केन्द्रीय समितिको कुनै पनि पदमा नरहेको आयोगको अभिलेखबाट देखिन्छ। तसर्थ तपाईँले प्रेस विज्ञप्तिको लेटर हेडमा प्रयोग गर्नुभएको लोगो र चिन्ह नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को लोगो र चिन्ह भएकोले उक्त कार्य राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ९ को विपरीत देखिएकोले अब उप्रान्त यस्तो कार्य नगर्न नगराउन सचेत गरिन्छ साथै गरे गराएमा प्रचलित कानुन बमोजिम हुने ब्यहोरा जानकारीको लागि आदेशअनुसार अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।
महासचिव यादवले नयाँ शक्तिको लेटर हेड, लोगो, चिन्ह अनधिकृत प्रयोग गरी जनस्तरमा भ्रम सिर्जना गरेकाले उक्त गैरकानुनी कार्यको यथाशीघ्र छानबिन गरी दोषी उपर प्रचलित कानुन बमोजिम कडा कारबाहीको माग दाबी गर्दै जेठ ४ गते आयोगमा निवेदन दिएको थियो ।
आयोगले नेसपा (नयाँ शक्ति) नामक राजनीतिक दल मिति २०७२ फागुन ५ गते आयोगको निर्णय अनुसार दल दर्ता नं. १८२ मा दर्ता भई दलको नाम, दलको विधान, झन्डा, चिन्ह, केन्द्रीय समितिको विवरण लगायतका विषयहरू अभिलेखीकरण हुँदै आएको आयोगको दल दर्ता किताबमा देखिन्छ । साथै आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम दर्ता भएको दलको नाम, झन्डा र चिन्ह कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिने कानुनी व्यवस्था रहेको भन्दै सचेत गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण