वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
सारांश
- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर रकम ठगी गर्ने २ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा बिर बहादुर घिसिङ र दिनेश खड्का रहेका छन्, जसले नर्वे, डेनमार्क र पोर्चुगल पठाउने भन्दै रकम लिएका थिए।
- उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाएको छ।
काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका–५ बस्ने महोत्तरी गौशाला नगरपालिका–१२ कान्ति बजार घर भएका ५५ वर्षीय बिर बहादुर घिसिङ र काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर बस्ने महोत्तरी बर्दिबास नगरपालिका–६ घर भएका ३९ वर्षीय दिनेश खड्का रहेका छन् ।
पक्राउ मध्ये बिर बहादुरले नर्वे र डेनमार्क पठाइदिन्छु भन्दै दुई जना पीडितहरूबाट पाँच लाख १० हजार रुपैयाँ र दिनेशले पोर्चुगल पठाइदिन्छु भन्दै एक जना पीडितबाट १० लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मङ्गलवार बिर बहादुरलाई काठमाडौँ महानगरपालिका–१२ टेकुबाट र दिनेशलाई काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण