अपडेट
वाईसीएलमा निर्वाचन नहुने, सहमतिमै नेतृत्व छान्ने तयारी
बिहीबार, २२ जेठ २०८२, १० : २६

काठमाडौँ । नेकपा माओवादी केन्द्रको सहायक सङ्गठन मानिने योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को जारी तेस्रो राष्ट्रिय सम्मेलनमा निर्वाचन नहुने भएको छ ।
सहमतिबाट नै नेतृत्व चयन गर्ने निर्णय भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
जेठ १८ गतेबाट जारी सम्मेलनमा निर्वाचन कार्यतालिका प्रकाशित भइसकेको अवस्थामा सहमतिको नाममा प्रक्रिया स्थगित गरिएको हो ।
सम्मेलनबाट २५१ सदस्यीय केन्द्रीय समिति र ३५ सदस्य पदाधिकारी बनाउने कार्यविधि यसअघि नै बनिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समस्याको मूल जरो संविधानमा छ, पुनर्लेखनको विकल्प छैन : उपेन्द्र यादव
-
राजर्षिजनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह जेठ २७ मा हुने
-
बिहीबार बेपत्ता गोताखोर अझै भेटिएन
-
टिचिङ अस्पतालले माग्यो एक सय जना नर्स
-
माधवलाई भ्रष्टाचार मुद्दा लागेसँगै एमाले र एकीकृत समाजवादीका नेताबिच आरोप–प्रत्यारोप
-
श्रममन्त्री भण्डारी जेनेभा प्रस्थान