लगातार तेस्रो दिन पनि घट्यो नेप्से, ७ अर्ब ९७ करोडको कारोबार
काठमाडौँ । सातामा कारोबार हुने अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से घटेको छ । अघिल्लो दुई दिन घटेको नेप्सेले तेस्रो दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । ५.९९ अङ्क घटेर २६४०.९६ विन्दुमा झरेको छ। बजारमा आज ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज तीन स्टकको शेयर सकारात्मक सर्किट लागेको छ। रिभर फल्स पावर, बुटवल पावर कम्पनी र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लाग्दा वरुण हाइड्रोपावर र सप्तकोशी डेभलपमेन्ट बैङ्क सेयर मूल्य ९.९६ प्रतिशत बढेको छ । ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्य आज सर्वाधिक ९.३० प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ९१ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, यस दिन युनिभर्सल पावर कम्पनीको ६४ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको साढे ४९ करोड बराबरको शेयर खरिदबिक्री भएको छ ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.१३ प्रतिशत बढेको छ ।
कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०४ प्रतिशत घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण