संसद्को अवरोधबारे छलफल गर्न विपक्षी दलहरूको बैठक बानेश्वरमा

समाचार सारांश
- विपक्षी दलहरूको बैठकमा संसद् अवरोध हटाउनेबारे छलफल भइरहेको छ।
- भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागबाट विपक्षी दलहरू पछि हटेका छन् र छानबिनको माग गरेका छन्।
- सरकारले विपक्षीको मागप्रति सहमति नजनाउँदा संसद् खुलाउने प्रयास असफल भएका छन्।
काठमाडौँ । संसद्को अवरोध हटाउने वा जारी राख्ने सम्बन्धमा विपक्षी दलहरूको बैठक संसद् भवन नयाँ बानेश्वरमा जारी छ । भिजिट भिसामा गृहमन्त्री रमेश लेखक जोडिएपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने मागबाट लचिलो हुँदै विक्षी दलहरूले जेठ १३ गतेदेखि लगातार संसद् बैठक अवरोध गर्दै आएका छन् ।
बिहीबार बसेको बैठकले राजीनामा दिनुपर्ने अडानबाट पछि हट्दै भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति गठन गर्ने सम्बन्धमा सरकारले सदनबाट प्रतिबद्धता जनाउनुपर्ने अडान लिएको थियो । तर विपक्षीको मागमा सरकार तयार नभएको नेताहरूको आरोप छ ।
संसद् खुलाउनका लागि अहिलेसम्म भइरहेका पहलहरू निरर्थक बन्दै गएपछि संसद् बन्धक बनेको छ । विपक्षीहरूको मागबारे सरकार तयार नभएसम्म अवरोध जारी रहने नेकपा माओवादीका सांसद माधव सापकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालका पर्यटनकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु
-
क्यानडामा हुने जी– ७ शिखर सम्मेलनमा मोदी सहभागी हुने
-
अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा मौरिसको सालिक
-
चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमिल्सेना
-
मार्फा–जोमसोम सडक धमाधम कालोपत्रे
-
१२ बजे १२ समाचार: कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबीदेखि, कोरोनाको जोखिमसम्म