संसद्को अवरोधबारे छलफल गर्न विपक्षी दलहरूको बैठक बानेश्वरमा
सारांश
- विपक्षी दलहरूको बैठकमा संसद् अवरोध हटाउनेबारे छलफल भइरहेको छ।
- भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा मागबाट विपक्षी दलहरू पछि हटेका छन् र छानबिनको माग गरेका छन्।
- सरकारले विपक्षीको मागप्रति सहमति नजनाउँदा संसद् खुलाउने प्रयास असफल भएका छन्।
काठमाडौँ । संसद्को अवरोध हटाउने वा जारी राख्ने सम्बन्धमा विपक्षी दलहरूको बैठक संसद् भवन नयाँ बानेश्वरमा जारी छ । भिजिट भिसामा गृहमन्त्री रमेश लेखक जोडिएपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने मागबाट लचिलो हुँदै विक्षी दलहरूले जेठ १३ गतेदेखि लगातार संसद् बैठक अवरोध गर्दै आएका छन् ।
बिहीबार बसेको बैठकले राजीनामा दिनुपर्ने अडानबाट पछि हट्दै भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति वा संसदीय छानबिन समिति गठन गर्ने सम्बन्धमा सरकारले सदनबाट प्रतिबद्धता जनाउनुपर्ने अडान लिएको थियो । तर विपक्षीको मागमा सरकार तयार नभएको नेताहरूको आरोप छ ।
संसद् खुलाउनका लागि अहिलेसम्म भइरहेका पहलहरू निरर्थक बन्दै गएपछि संसद् बन्धक बनेको छ । विपक्षीहरूको मागबारे सरकार तयार नभएसम्म अवरोध जारी रहने नेकपा माओवादीका सांसद माधव सापकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण