शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

विश्वविद्यालयको अनुसन्धानलाई व्यवसायसँग जोड्न इन्क्युवेसन सेन्टरको पहल

शुक्रबार, २३ जेठ २०८२, १३ : ५९
शुक्रबार, २३ जेठ २०८२

समाचार सारांश

  • त्रिभुवन विश्वविद्यालयले अनुसन्धानलाई व्यवसायसँग जोड्न पहल थालेको छ, जसअन्तर्गत टीयूबीआईसीले समन्वय सुरु गरेको छ।
  • कार्यशालामा नवप्रवर्तन इकोसिस्टमलाई एकीकृत गर्ने विषयमा छलफल भयो, जसको उद्देश्य अनुसन्धानबाट प्राप्त ज्ञानलाई व्यावसायिक उत्पादनमा रूपान्तरण गर्नु हो।
  • कार्यक्रममा सहभागीहरूले नवप्रवर्तनको यात्रालाई सहज बनाउन नीतिगत र कार्यक्रमगत सहकार्यको आवश्यकता औँल्याए।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विभिन्न विधाका अनुसन्धानलाई व्यवसायसँग जोड्ने विषयमा पहल थालेको छ । विश्वविद्यालय अन्तर्गतको व्यवसाय इन्क्युबेसन केन्द्र (टीयूबीआईसी)ले फरक विश्वविद्यालयको अनुसन्धानलाई नवप्रवर्तन र व्यावसायिक सफलतासँग जोड्ने विषयमा केन्द्रीय विभाग तथा संस्थानहरूसँग समन्वय सुरु गरेको हो । 

बिहीबार केन्द्रले विश्वविद्यालय अन्तर्गतका विभिन्न केन्द्रीय विभाग, अध्ययन संस्थान तथा आङ्गिक क्याम्पसहरूमा सञ्चालित इन्क्युबेसन केन्द्रका संयोजक तथा फोकल पर्सनको सहभागितामा कार्यशाला सञ्चालन गरेको थियो । उक्त कार्यशालामा विश्वविद्यालयभित्रको नवप्रवर्तन इकोसिस्टमलाई एकीकृत गर्ने विषयमा कुराकानी भएको केन्द्रका  निर्देशक प्राडा ताराप्रसाद भुसालले बताए ।

विश्वविद्यालयको अनुसन्धानबाट प्राप्त ज्ञानलाई व्यावसायिक उत्पादन वा सेवामा रूपान्तरण गर्नका लागि आवश्यक पर्ने संरचना, समन्वय र सहकार्यको खाका कोर्नु केन्द्रको उद्देश्य रहेको भुसाल बताउँछन् । बिहीबारको कार्यशालामा सहभागी सबैले नवप्रवर्तनको संस्कृतिलाई संस्थागत गर्ने प्रतिबद्धता व्यक्त उनको भनाइ छ ।  

केन्द्रले विचारको विकास, उद्यम विकास, प्रोटोटाइप निर्माण र बौद्धिक सम्पत्ति अधिकारको संरक्षणमा सहयोग गर्ने भन्दै यसले विश्वविद्यालयको प्राज्ञिक ज्ञानलाई जीवनशैली र व्यावसायिक सफलतासँग जोड्दे व्यवसायको स्केल अप गर्न सहयोग गर्ने बताए । 

सो कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा खड्ग केसी, पूर्वकुलपति प्राडा शिवलाल भुसाल लगायत समेत सहभागी थिए । कार्यक्रममा पूर्व उपकुलपति भुसालले विश्वविद्यालयको दराजमा थन्किएका शोधपत्रलाई बजारमा उपयोगी उत्पादनमा बदल्नुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा सहभागीहरूले नवप्रवर्तनको यात्रालाई सहज बनाउन विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग, तथा तीनै तहका सरकारबिच नीतिगत र कार्यक्रमगत सहकार्यको आवश्यकता औँल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप