युद्धविरामपछि गाजाका बालबालिकामा कुपोषणको दर तीन गुणाले वृद्धि : राष्ट्रसङ्घ
जेनेभा । चालु वर्षको सुरुमा भएको युद्ध विरामपछि गाजामा तीव्र कुपोषणबाट पीडित बालबालिकाको प्रतिशत लगभग तीन गुणाले बढेको बिहीबार सार्वजनिक संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घका निकायहरू र अन्य राहतसम्बन्धी काम गर्ने ‘न्युट्रिशन क्लस्टर’ले गरेको विश्लेषणमा मे महिनामा जाँच गरिएका पाँच वर्ष मुनिका ५० हजार बच्चाहरू मध्ये लगभग ५.८ प्रतिशतलाई कुपोषण भएको पत्ता लागेको छ ।
विश्लेषणमा यो प्रतिशत फेब्रुअरीको तुलनामा तीन गुणा वृद्धि भई मे महिनाको सुरुमा ४.७ प्रतिशत पुगेको छ । यसले बच्चाहरूमा गम्भीर कुपोषणका घटनाहरूमा वृद्धि भएकाले प्रतिरक्षा प्रणाली कमजोर भई जीवनलाई जोखिममा पार्ने अवस्था आउने प्रतिवेदनमा उल्लेख छ ।
उत्तरी र दक्षिणी गाजा पट्टीको रफाहमा इजरायली आक्रमणका कारण गम्भीर अवस्था सिर्जना भएको र यहाँ स्वास्थ्य केन्द्रहरू बन्द गर्न बाध्य पारिएपछि चिकित्सा जटिलता देखिएको र बच्चाहरू उपचार प्राप्त गर्नबाट वञ्चित बनेको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण