यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि हुने भएको छ । विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यसाथ विद्यालय खेलकुद आयोजना गरिएको हो ।
प्रतियोगितामा सात प्रदेशका ४ सय ७६ खेलाडीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । जिल्ला/प्रदेश छनोट चरण पार गरी राष्ट्रिय खेलकुदमा ४ सय ७६ खेलाडी सहभागी हुन लागेका हुन् ।
प्रतियोगितामा एथलेटिक्स, टेबलटेनिस, छात्र/छात्रा थ्री बाइ थ्री बास्केटबल, छात्र/छात्रा रग्बी सेभेन्स, ब्याडमिन्टन र २० ओभरको छात्र क्रिकेटको प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा छात्र/छात्रामा समान ६–६ तथा टेबलटेनिस र ब्याडमिन्टनमा छात्र/छात्रामा समान २–२ स्पर्धामा खेल हुनेछ ।
नेपालय इन्टरनेसनल इभेन्ट म्यानेजमेन्ट प्रा.लि. को सह–आयोजना हुन लागेको प्रतियोगितामा जम्मा २५ स्वर्ण, २५ रजत र ३३ कांस्य गरी ८३ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
एथलेटिक्स र रग्बी त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, बास्केटबल राखेप हाता, ब्याडमिन्टन बुढानीलकण्ठस्थित ब्याडमिन्टन एकेडेमी तथा क्रिकेट मूलपानी क्रिकेट मैदानमा खेलाइने छ ।
क्रिकेट जेठ २५ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । बाँकी ५ खेल जेठ २५ देखि २६ गतेसम्म चल्ने छ । सदस्य–सचिव घिसिङले खेलकुदको जग ग्रासरुट भन्ने धेरै सुनिएपनि व्यहारमा त्यत्ति लागू नभएको हुँदा राखेपले जुनियर प्रतियोगिताको अवधारणालाई अघि सारेको बताए ।
उनले प्रतियोगितालाई साथ दिने नेपालय, एक्सपर्ट, प्याब्सन, एनप्याब्सन, शिक्षक महासङ्घ, नेपाल विद्यालय खेलकुद महासङ्घ, सम्बन्धित खेलका राष्ट्रिय सङ्घलगायत सम्पूर्ण प्रति आभार प्रकट गर्दै धन्यवाद दिए ।
एक्सपर्टका खेम संग्रौलाले खेलकुद मानिसलाई अनुशासित र स्वस्थ बनाउने महत्त्वपूर्ण क्षेत्र भएको बताउँदै एक्सपर्ट विगत लामा समयदेखि खेलकुदसँग जोडिएको बताए ।
नेपालयका अध्यक्ष सुवासचन्द्र प्रधानले पब्लिक–प्राइभेट पार्टनरसिपअन्तर्गत जुनियर प्रतियोगिताका लागि राखेपसंग सहकार्य गरेको बताए । नेपाल विद्यालय खेलकुद महासङ्घका महासचिव राजकुमार कार्कीले राखेप, प्याब्सन, एनप्याब्सन र शिक्षक महासंघसंग सहकार्य गरी जुनियर प्रतियोगिताको विकासका लागि सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
पत्रकार सम्मेलनमा राखेप कार्यकारी समितिकी सदस्य एवं प्रतियोगिता संयोजक रञ्जना प्रधान, प्याब्सनका केन्द्रीय महासचिव आरबी कटुवाल, एन प्याब्सनका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण