दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
शुक्रबार, २३ जेठ २०८२, २२ : ४४

समाचार सारांश
- दोलखाको गौरीशङ्कर गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा फुलमाया शेर्पाको घटनास्थलमै मृत्यु भएको हो भने डोल्मा शेर्पा गम्भीर घाइते छिन्।
- छिरी शेर्पा सामान्य घाइते भएका छन् र उनको सिंगटीमा उपचार भइरहेको छ।
चरिकोट । दोलखाको गौरीशङ्कर गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । शुक्रबार सो गाउँपालिका वडा नम्बर ४ झ्याँकुको देपुङमा बा१६च ७६५१ नम्बरको बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।
बोलेरो दुर्घटनामा स्थानीय फुलमाया शेर्पाको घटनास्थलमै मृत्यु भएको गौरीशङ्कर गाउँपालिका– ४ का वडाअध्यक्ष शिवहरि खत्रीले जानकारी दिए । स्थानीय डोल्मा शेर्पाको अवस्था चिन्ताजनक रहेको र उनलाई उपचारका लागि चरिकोट लैजाँदै गरिएको जनाइएको छ ।
दुर्घटनामा स्थानीय छिरी शेर्पा सामान्य घाइते भएका छन् । उनको सिंगटीमा उपचार भइरहेको जनाइएको छ ।