दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
शुक्रबार, २३ जेठ २०८२, २२ : ४४
सारांश
- दोलखाको गौरीशङ्कर गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा फुलमाया शेर्पाको घटनास्थलमै मृत्यु भएको हो भने डोल्मा शेर्पा गम्भीर घाइते छिन्।
- छिरी शेर्पा सामान्य घाइते भएका छन् र उनको सिंगटीमा उपचार भइरहेको छ।
चरिकोट । दोलखाको गौरीशङ्कर गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । शुक्रबार सो गाउँपालिका वडा नम्बर ४ झ्याँकुको देपुङमा बा१६च ७६५१ नम्बरको बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।
बोलेरो दुर्घटनामा स्थानीय फुलमाया शेर्पाको घटनास्थलमै मृत्यु भएको गौरीशङ्कर गाउँपालिका– ४ का वडाअध्यक्ष शिवहरि खत्रीले जानकारी दिए । स्थानीय डोल्मा शेर्पाको अवस्था चिन्ताजनक रहेको र उनलाई उपचारका लागि चरिकोट लैजाँदै गरिएको जनाइएको छ ।
दुर्घटनामा स्थानीय छिरी शेर्पा सामान्य घाइते भएका छन् । उनको सिंगटीमा उपचार भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण