बेकह्मालाई ‘नाइटहुड’ दिने तयारी
सारांश
- डेभिड बेकह्मालाई राजा चार्ल्सको जन्मदिनमा 'नाइटहुड' उपाधि प्रदान गरिने भएको छ।
- बेकह्यामलाई बेलायती फुटबलमा योगदान र समाजप्रतिको समर्पणका लागि यो सम्मान दिइँदैछ।
- बेकह्यामले इंग्ल्यान्डका लागि ११५ खेल खेलेका थिए र विभिन्न क्लबबाट खेलेर सन् २०१३ मा सन्यास लिएका थिए।
लण्डन । फुटबलर डेभिड बेकह्मालाई राजा चार्ल्सको जन्मदिनको अवसरमा ‘नाइटहुड’ (सर उपाधि) दिने तयारी गरिएको छ।
५० वर्षीय इंग्ल्यान्ड फुटबल टोलीका पूर्व कप्तानलाई सन् २००३ मा ‘अफिसर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर’ (ओबीई) को उपाधि दिइएको थियो। अब उनलाई फुटबलमा गरेको उल्लेखनीय योगदान र बेलायती समाजप्रतिको समर्पणको आधारमा थप उच्च सम्मान प्रदान गरिने भएको हो ।
सम्मानसूची आगामी हप्ता सार्वजनिक गरिने बताइएको छ। बेकह्याम मले आफ्नो देशका लागि ११५ खेल खेलेका थिए र म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, एलए ग्यालेक्सी, पेरिस सेन्ट-जर्मेन र एसी मिलान जस्ता क्लबहरूबाट पनि खेलेका थिए। उनले सन् २०१३ मा फुटबलबाट संन्यास लिएका थिए।
बेकह्यामले सन् १९९९ मा गायिका तथा फेसन डिजाइनर भिक्टोरिया बेकह्यामसँग विवाह गरेका थिए। उनीहरूका चार सन्तान छन्, ब्रुकलिन, रोमियो, क्रुज र हार्पर सेभेन।
उनीले सन् २०१२ मा ओलम्पिक खेल लन्डन ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । सन् २००५ देखि युनिसेफका दूतको रूपमा समेत कार्यरत छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण