आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैँक

आइतबार, २५ जेठ २०८२, १३ : ५३
आइतबार, २५ जेठ २०८२

समाचार सारांश

  • राष्ट्र बैंकले २० अर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल गर्दैछ।
  • बैंक प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले चालु आर्थिक वर्षदेखि नै तरलता तानिरहेको छ।
  • बोलकबोल अनलाइन प्रणालीबाट हुनेछ र ब्याजदर निर्धारण गरिनेछ, जसको सावाँ तथा ब्याज २०८२ साउन ४ गते भुक्तानी हुनेछ।

काठमाडौँ । राष्ट्र बैँकले आज आइतबार २० अर्ब निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलकबोल मार्फत राष्ट्र बैँकले २० अर्ब निक्षेप खिच्न लागेको हो ।

बैँकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैँकले निरन्तर तरलता खिच्दै आएको छ । अहिले कुल निक्षेप ६९ खर्ब ४५ अर्ब माथि पुगेको छ ।

निक्षेप बढेको बढ्यै गर्दा अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागिको हो ।  ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने आज बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ तथा ब्याज २०८२ साउन ४ गते भुक्तानी हुने राष्ट्र बैँकले जानकारी दिएको छ । 

बोलकबोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप