काठमाडौँको रानीबारीमा जुवातास खेलिरहेका ९ जना पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका-३ सामाखुसी रानीबारीमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । ५८ वर्षीय डम्बर लामाले आफ्नै घरमा सञ्चालन गरेको खुसी किचेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक लामा समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूको साथबाट ६२ हजार ८ सय रूपैयाँ नगद र ३ बुक तास बरामद गरेको छ । उता, कास्कीको पोखरा महानगरपालिका-५ प्रस्याङस्थित साथीभाइ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१८ सराङकोट बस्ने ३४ वर्षीय महेश तिमिल्सिना समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार २ सय ७५ र तास ३ बुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण