दुर्गा प्रसाईंको तर्फबाट डा.सुरेन्द्र भण्डारीसहित ४ जना कानुन व्यवसायीले गरे बहस
सारांश
- काठमाडौंको तीनकुनेमा अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा दुर्गा प्रसाईंको तर्फबाट चार जना कानुन व्यवसायीले बहस गरे।
- प्रसाईंसहित ३९ जना थुनामा रहेको मुद्दामा थुनछेक बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।
- भाटभटेनी लुटमा संलग्न ११ जनालाई अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो, सरकारी वकिलले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो।
काठमाडौँ । तीनकुनेमा अवाञ्छित गतिविधिमा संलग्न आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंको तर्फबाट आइतबार चार जना ४ जना कानुन व्यवसायीले बहस गरेका छन् । वरिष्ठ अधिवक्ताहरू डा.सुरेन्द्र भण्डारी, टङ्क दुलाल, डा.भीमार्जुन आचार्य र अधिवक्ता मनिष पाण्डेले बहस गरेका हुन् ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा कानुन व्यवसायीहरुले थुनछेक बहस गरेका हुन् । राज्य विरुद्धको कसुरका ५० जना प्रतिवादीहरूमध्ये प्रसाईंसहित ३९ जना थुनामा छन् । थुनछेक बहस पुरा नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
भाटभटेनी लुटमा संलग्न ११ जनालाई अदालतले यसअघि नै धरौटीमा छाड्न आदेश गरेको थियो । लुटमा संलग्नहरूको थुनछेक न्यायाधीश पदमराज पाण्डेको इजलासमा भएको थियो । सरकारी वकिलले उनीहरु विरुद्ध आपराधिक उपद्रव कसुरमा अभियोजन गरेको थियो ।
दुर्गा प्रसाईंलाई राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, हत्या, सङ्गठित अपराध, ज्यान मार्ने उद्योग र एकीकृत कसुरमा सजाय हुन माग दावी लिइएको छ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले चैत १५ मा प्रदर्शन आयोजना थिए । प्रदर्शनमा २ जनाले ज्यान गुमाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण