वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य, १ हजार ४३ कम्पनी तोकिएको देशमा काम गर्न पत्राचार
काठमाडौँ । वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले वैदेशिक रोजगारीमा सीमित मेनपावरहरुको सिन्डिकेट हल्ला निराधार रहेको बताएका छन् ।
आइतबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महानिर्देशक कमल प्रसाद भट्टराईले सरकार निष्पक्ष रूपमा कानुनी रूपमा दर्ता तथा नवीकरण भएका मेनपावर कम्पनीहरूलाई श्रम सम्झौता भएका देशहरूमा निर्बाध रूपमा कारोबार खुल्ला गरिएको बताएका हुन् ।
महानिर्देशक कमल प्रसाद भट्टराईले भने, ‘ वैदेशिक रोजगारीका कुनै पनि अमुक मेनपावरलाई सिन्डिकेट गर्ने हल्ला निराधार छ । विभागले १ हजार ४३ कानुनी रूपमा दर्ता भएका मेनपावरहरुलाई श्रम सम्झौता भएका देशमा कारोबार गर्न कुनै पनि रोकटोक छैन । नेपाल सरकार कुनै पनि सिन्डिकेटको पूर्ण खारेजीको पक्षमा छ ।’
उनले मेनपावर व्यवसायीहरूलाई बजारी हल्लाको पछि लाग्ने आग्रह गर्दै वैदेशिक रोजगारको क्षेत्रमा देखिएका चुनौतीहरूलाई चिर्दै कानुन अनुसार कारोबार गर्न सुझा दिए ।
महानिर्देशक कमल प्रसाद भट्टराईले १ हजार ४३ मेनपावर कम्पनीको नामावली परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित देशको राजदूतावासमा नामावली पठाई जानकारी गराए ।
त्यस्तै, जापानका हकमा पनि ५ सय २२ संस्थाहरूको नाम परराष्ट्र मन्त्रालय मार्फत जापान स्थिति दूतावास र सम्बन्धित देशमा पठाइएको बताए । उनका अनुसार वैदेशिक रोजगारमा जानेहरू निकै ठगिएको घटना पच्छिलो समय समस्याको रूपमा देखा परेको बताउँदै आम सर्वसाधारणलाई नेपाल सरकारको मान्यता प्राप्त मेनपावर कम्पनीहरू मार्फत मात्रै वैदेशिक रोजगारमा जानका लागि आग्रह गरे ।
उनले भने, अहिले वैदेशिक रोजगारका नाममा धेरै ठगिएका छन् । औपचारिक माध्यमबाट नगई अन्यन्त्रबाट ठगिएका घटनाहरू थुप्रै विभागमा आएका छन् । यसलाई निरुत्साहित गर्न जरुरी छ । त्यसका लागि नेपाल सरकारले मान्यता दिएको मेनपावर कम्पनीबाट मात्रै विदेश जान जरुरी छ । भने, ‘ वैदेशिक रोजगारीका कुनै पनि अमुक मेनपावरलाई सिन्डिकेट गर्ने हल्ला निराधार छ । विभागले १ हजार ४३ कानुनी रूपमा दर्ता भएका मेनपावरहरुलाई श्रम सम्झौता भएका देशमा कारोबार गर्न कुनै पनि रोकटोक छैन । नेपाल सरकार कुनै पनि सिन्डिकेटको पूर्ण खारेजीको पक्षमा छ ।’
उनले मेनपावर व्यवसायीहरूलाई बजारी हल्लाको पछि लाग्ने आग्रह गर्दै वैदेशिक रोजगारको क्षेत्रमा देखिएका चुनौतीहरूलाई चिर्दै कानुन अनुसार कारोबार गर्न सुझा दिए ।
महानिर्देशक कमल प्रसाद भट्टराईले १ हजार ४३ मेनपावर कम्पनीको नामावली परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित देशको राजदूतावासमा नामावली पठाई जानकारी गराए । त्यस्तै, जापानका हकमा पनि ५ सय २२ संस्थाहरूको नाम परराष्ट्र मन्त्रालय मार्फत जापान स्थिति दूतावास र सम्बन्धित देशमा पठाइएको बताए ।
उनका अनुसार वैदेशिक रोजगारमा जानेहरू निकै ठगिएको घटना पच्छिलो समय समस्याको रूपमा देखा परेको बताउँदै आम सर्वसाधारणलाई नेपाल सरकारको मान्यता प्राप्त मेनपावर कम्पनीहरू मार्फत मात्रै वैदेशिक रोजगारमा जानका लागि आग्रह गरे ।
उनले भने, अहिले वैदेशिक रोजगारका नाममा धेरै ठगिएका छन् । औपचारिक माध्यमबाट नगई अन्यन्त्रबाट ठगिएका घटनाहरू थुप्रै विभागमा आएका छन् । यसलाई निरुत्साहित गर्न जरुरी छ । त्यसका लागि नेपाल सरकारले मान्यता दिएको मेनपावर कम्पनीबाट मात्रै विदेश जान जरुरी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
-
गण्डकी संसद्ले पारित गरेको गाँजा विधेयक प्रदेश प्रमुखले फर्काइदिए
-
प्रवासको पत्रकारितालाई मर्यादित बनाउन ‘टोकियो घोषणापत्र’ कोसेढुङ्गा सावित हुन्छ : रवीन्द्र श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण