होण्डाले ३ दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम गर्ने
काठमाडौँ । नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता, स्याकार ट्रेडिङ कम्पनी प्रालिले विशेष ३ दिने निःशुल्क सर्भिस क्याम्प आयोजना गर्न लागेको छ।
काठमाडौँ, ललितपुर, भक्तपुर लगायतका सहरहरूलाई लक्षित गर्दै यही मिति २०८१ जेठ २७ देखि २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होण्डा सर्भिस सेन्टरमा सञ्चलन हुने उक्त क्याम्पमार्फत सेवा तथा सुरक्षाको थप सुनिश्चितता प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ।
क्याम्प अन्तर्गत २००१ देखि २०१४ मोडलसम्मका कम्पनीद्वारा तोकिएका गाडीहरूमा होण्डा सेफ्टी रिकल कार्यक्रम अन्तर्गत निःशुल्क एयरब्याग परिवर्तन गरिनेछ।
साथै, ग्राहकहरूले विभिन्न सेवा सुविधाहरूमा विशेष छुट पनि प्राप्त गर्न सक्नुहुनेछ, जसअन्तर्गत लेबर चार्जमा १० प्रतिशत, पार्ट्समा ७ प्रतिशत, लुब्रिकेन्टमा ५ प्रतिशत, एसी रिफिलमा २० प्रतिशत र डेन्ट–पेन्ट सेवामा १० प्रतिशत छुट प्रदान गरिनेछ। यसैगरी एचडीएस सेवा समेत निःशुल्क उपलब्ध गराइनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण