पोखरामा एक युवकको हत्या
सोमबार, २६ जेठ २०८२, ०८ : ३५
सारांश
- पोखरा महानगरपालिका १५ मा एक युवकको शव फेला परेको छ।
- मृतकको सनाखत हुन सकेको छैन र उनको उमेर ३०-३५ वर्षको अनुमान गरिएको छ।
- प्रहरीले घटनास्थलमा हथौडा फेला पारेको छ र घटना हत्या भएको हुनसक्ने आशंका गरेको छ।
पोखरा । पोखरामा सोमबार बिहान एक युवकको हत्या भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा ३० देखि ३५ वर्ष उमेरको देखिने युवकको शव फेला परेको हो ।
मृतकको सनाखत हुन नसकेको कास्की प्रहरीले जनाएको छ ।
घटनास्थलमा हथौडा समेत भेटिएको र घटनाको प्रकृति हेर्दा हत्याजस्तो देखिने प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
प्रहरी टोली अनुसन्धानका लागि घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
-
मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण
-
इङ्ग्ल्यान्डको विश्वकप नकआउट चरण लगभग पक्का !
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भइसकेको फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण