आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय

पोखरामा एक युवकको हत्या

सोमबार, २६ जेठ २०८२, ०८ : ३५
सोमबार, २६ जेठ २०८२

समाचार सारांश

  • पोखरा महानगरपालिका १५ मा एक युवकको शव फेला परेको छ।
  • मृतकको सनाखत हुन सकेको छैन र उनको उमेर ३०-३५ वर्षको अनुमान गरिएको छ।
  • प्रहरीले घटनास्थलमा हथौडा फेला पारेको छ र घटना हत्या भएको हुनसक्ने आशंका गरेको छ।

पोखरा । पोखरामा सोमबार बिहान एक युवकको हत्या भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा ३० देखि ३५ वर्ष उमेरको देखिने युवकको शव फेला परेको हो ।

मृतकको सनाखत हुन नसकेको कास्की प्रहरीले जनाएको छ । 

घटनास्थलमा हथौडा समेत भेटिएको र घटनाको प्रकृति हेर्दा हत्याजस्तो देखिने प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

प्रहरी टोली अनुसन्धानका लागि घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप