ग्लोबल आइएमई बैंकद्वारा प्लाष्टिक फोहोर संकलन तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
_Hhebj1daxh.jpg)
समाचार सारांश
- ग्लोबल आइएमई बैंकले विश्व वातावरण दिवसको अवसरमा कीर्तिपुरमा प्लास्टिक फोहोर संकलन गर्न हाइकिङ कार्यक्रम गर्यो।
- कार्यक्रममा १५० केजी प्लास्टिक फोहोर संकलन गरियो, कीर्तिपुर नगरपालिका र रेडक्रसको सहकार्य थियो।
- बैंकले वातावरण संरक्षण र दिगो विकासमा योगदान पुर्याउँदै १८औँ वार्षिकोत्सवको अवसरमा देशभर वृक्षारोपण गरेको छ।
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलन गर्ने उद्देश्यले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्म एकदिने हाइकिङ कार्यक्रम आयोजना गरेको छ।
कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर शाखासँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा करिब १५० केजी प्लाष्टिक फोहोर संकलन गरिएको थियो।
हाइकिङ मार्गअन्तर्गतका विभिन्न स्थानमा स्थानीय समुदायद्वारा निर्मित बाँसका डोका (डस्टबिन) राखिएको छ, जसले दीर्घकालीन फोहोर व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइएको छ। संकलित फोहोर कीर्तिपुर नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा हस्तान्तरण गरिएको बैंकले जनाएको छ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कीर्तिपुर नगरपालिकाका प्रतिनिधिहरू, नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर शाखाका पदाधिकारी, बैंकका कर्मचारी तथा स्थानीय स्वयंसेवकहरूको उल्लेखनीय उपस्थिति थियो।
बैंकले बैंकिङ सेवाका अतिरिक्त स्वदेशी उत्पादनको प्रवर्द्धन, जलवायु परिवर्तन न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासमा निरन्तर योगदान दिँदै आएको छ।
विश्व वातावरण दिवसकै सन्दर्भमा बैंकले देशभर वृहत् वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरेको छ। आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्यसहित विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ।
बैंकको विश्वास छ— वृक्षारोपणले वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीय समुदायको आय–आर्जनमा समेत सकारात्मक प्रभाव पार्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाजुराको बाम्का बजारका पीडितलाई क्षतिपूर्तिसहित पुनर्स्थापना गर्न सरकारसँग माग
-
अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुन पोल्यान्ड उडिन् दिक्षा
-
कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर पूर्वतयारी योजना कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण
-
अनरको एआई स्मार्टफोन सगरमाथाबाट सार्वजनिक
-
स्थानीय तहको सङ्ख्या ५ सय बनाउन छलफल सुरू भएको छ : याेगेश भट्टराई
-
अदालतको मानहानी हुने गरी कारबाही अगाडि नबढाउन निर्वाचन आयोगलाई नेसपाको पत्राचार