खुपेन सुनुवारको ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ सार्वजनिक

काठमाडौँ । खुपेन सुनुवारको कवितासङ्ग्रह ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ लण्डनको सडबरीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।
लेखकहरू गोपी सापकोटा, डा. सुमाया राई, काङमाङ नरेश राई , केदार संकेत, निर्भीकजंग रायमाझी तथा कवि खुपेनले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे ।
कार्यक्रममा बोल्दै लेखक गोपी सापकोटाले कवि खुपेनले आफ्नो जीवन अनुभव र बाँचेको परिवेशलाई सरल भाषासहित सुन्दर चित्रण गर्न सफल रहेको बताए ।
अर्का वक्ता काङमाङ नरेश राईले खुपेनको एउटै कवितामा इतिहासदेखि आख्यानसम्म र भौतिकतादेखि दर्शनशास्त्रसम्म अटाएको उल्लेख गरे । लेखक सुमाया राईले खुपेनको कविताहरूले मानवीय अस्तित्वको खोज गर्दै जीवनको सार्थकतामाथि जोड दिएको धारणा राखिन् ।
‘माया पब्लिकेशन’ काठमाडौंले प्रकाशित गरेको कवितासङ्ग्रहमा ६८ थान कविताहरू समेटिएका छन् । रामेछाप मूल घर भएका कवि खुपेन एक दशकदेखि युके बस्दै आएका छन् । यसअघि उनको गीति–कविता ‘ब्लु–नोट’ प्रकाशित छ ।
‘नेपाली बुक्स युके’ तथा ‘साहित्य–संगालो युके’को संयुक्त आयोजनामा भएको कार्यक्रममा युकेमा रहेका नेपाली साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतसहित सुदूरपश्चिममा कोभिड देखिएपछि झापाका सीमा नाकामा कडाइ
-
संसदीय दलको नेता चयनका विषयमा छलफल चलेको छैन : सांसद पन्त
-
पाँचथर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
-
हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती
-
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतबाट पारित
-
चितुवाको आक्रमणबाट ६ वर्षीय बालकको मृत्यु