भारतसहित सुदूरपश्चिममा कोभिड देखिएपछि झापाका सीमा नाकामा कडाइ
सारांश
- भारत लगायत सुदूरपश्चिममा कोभिड-१९ संक्रमित फेला परेपछि झापामा सतर्कता बढाइएको छ।
- सीमा नाकाहरूमा निगरानी र जाँच प्रणालीलाई प्रभावकारी बनाउने निर्णय गर्दै हेल्थ डेस्कहरूमा जनशक्ति थप्ने निर्णय गरियो।
- स्वास्थ्य कार्यालयले स्थानीय तहहरूलाई क्वारेन्टाइन व्यवस्थापन, जनचेतना कार्यक्रम र अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
भद्रपुर । भारतसहित सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ सङ्क्रमित फेला पर्न थालेपछि झापामा सतर्कता बढाइएको छ । सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समिति, बैठकको निर्णयअनुसार सीमा नाकामा निगरानी र जाँच प्रणालीलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले नाकामा रहेका हेल्थ डेस्कलाई थप जनशक्ति र स्रोतसाधन सम्पन्न बनाउने निर्णय गरेको थियो ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जिल्लास्थित सबै स्थानीय तहहरूलाई सतर्कता अपनाउन र आवश्यक तयारी गर्न परिपत्र गरिएको जानकारी दिए । उनले भने, ‘क्वारेन्टाइन व्यवस्थापन, जनचेतना कार्यक्रम सञ्चालन गर्न र अस्पताल तथा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।’
प्रमुख बाराकोटीले सङ्क्रमणको सम्भावित जोखमलाई ध्यानमा राख्दै भारतलगायत कोभिड–१९ को प्रकोप देखिएका क्षेत्रबाट नेपाल प्रवेश गर्ने व्यक्तिलाई नाकामा स्वास्थ्यकर्मीद्वारा जाँच गरिने जानकारी दिइन् । उच्च जोखिममा रहेकाहरूलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन लागिएको उनले बताइन् ।
स्वास्थ्य कार्यालय सङ्क्रमणबाट जोगिन मास्कको प्रयोग गर्न, साबुनपानीले हात धुन, भीडभाडमा नजानेलगायत सावधानीका उपाय अपनाउन सबैलाई आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण