मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मतबाट पारित

सोमबार, २६ जेठ २०८२, २१ : २१
सोमबार, २६ जेठ २०८२

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। प्रदेश सभाको बैठकमा सभामुख भीमबहादुर भण्डारीले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्दा विपक्षी सांसदहरू मौन बसेका थिए । जसका कारण कार्यक्रम बिना आपत्ति पारित भएको हो ।

मुख्यमन्त्री कमलबहादुर शाहले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै सरकारको चार बुँदे प्रतिबद्धताको आधारमा आगामी आर्थिक वर्षको बजेट तयार पारिने जानकारी दिए ।

ती प्रतिबद्धतामा २५ लाखभन्दा कम लागतका योजना प्रदेश सरकारले कार्यान्वयन नगर्ने, उपभोक्ता समितिमार्फत योजना सञ्चालन नगर्ने लगायतका बुँदाहरू समावेश छन्। उक्त प्रतिबद्धता सरकारद्वारा आइतबार सार्वजनिक गरिएको थियो ।

मुख्यमन्त्री शाहले सांसदहरूले निर्वाचन क्षेत्रमा जनतासँग गरेका प्रतिबद्धता अनुरूप योजना समेटिने र तिनमा बजेटको व्यवस्था गरिने स्पष्ट पारे ।यसबाहेक, उनले आगामी वर्ष प्रदेश राजधानीको टुङ्गो लगाउने विषयमा सङ्घीय सरकारसँग समन्वय गरेर आवश्यक जग्गा चयन गरिने बताए ।

नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सत्ता पक्षका केही सांसदहरूले समेत आलोचना गरेका थिए। आलोचना उठे पनि नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप