सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यी हुन् त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा खटाइएका ८ उपसचिव (सूचीसहित)

सोमबार, २६ जेठ २०८२, १५ : १०
सोमबार, २६ जेठ २०८२

समाचार सारांश

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा ६ जनाको दरबन्दीमा ८ उपसचिव कार्यरत रहेको पाइएको छ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह र संघीय मामिला सचिवलाई पत्र लेख्दै ७ दिनभित्र कर्मचारी विवरण माग गरेको छ।
  • दरबन्दी अनुसार कर्मचारी व्यवस्थापन नगरे कारबाही गर्ने चेतावनी दिइएको छ।

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी उपसचिव खटाइएको पाइएको छ । 

अध्यागमन कार्यालयमा ६ उपसचिवको दरबन्दी रहे पनि अहिले ८ उपसचिव कार्यरत रहेका हुन् । स्रोतले रातोपाटीलाई उपलब्ध गराएको सूची अनुसार अहिले त्यहाँ उपसचिवहरू अञ्जन न्यौपाने, अच्युत श्रेष्ठ, खेमराज उपाध्याय, चूर्णबहादुर खत्री, सुरेश आचार्य, निराजन श्रेष्ठ, इश्वरीदत्त पनेरु र फणीन्द्र पौडेल कार्यरत छन् । 

यसरी दरबन्दीभन्दा बढी उपसचिव पठाइएको पाइएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिव गोविन्द कार्कीले जेठ २१ गते गृह सचिव गोकर्णमणि दुवाडी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई पत्र काट्दै कारबाहीको चेतावनी दिएका हुन् । 

सचिव कार्कीले पत्रमा ७ दिनभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएका कर्मचारीको विवरण उपलब्ध गराउन भन्दै दरबन्दी बमोजिम कर्मचारीको व्यवस्थापन नगरे कारबाही गर्ने चेतावनी दिएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप