युइएफए नेसन्स लिग: दोस्रो पटक विजेता बन्यो पोर्चुगल
सारांश
- जर्मनीमा भएको युइएफए नेसन्स लिग फाइनलमा स्पेनलाई पेनाल्टीमा हराउँदै पोर्चुगलले उपाधि जित्यो।
- निर्धारित समयमा २-२ को बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो, जसमा पोर्चुगल ५-३ ले विजयी भयो।
- पोर्चुगलले सन् २०१९ मा पनि उपाधि जितेको थियो र यो दोस्रो पटकको जित हो।
काठमाडौँ। जर्मनीमा सम्पन्न युइएफए नेसन्स लिग २०२४/२५ को फाइनलमा स्पेनलाई पेनाल्टीमा पराजित गर्दै पोर्चुगल दोस्रो पटक विजेता बनेको छ।
सोमबार बिहान नेपाली समयानुसार बिहान १२ः४५ मा जर्मनीको एलिनाज एरिनामा सम्पन्न खेलमा स्पेनलाई ५ः३ अन्तरले पेनाल्टी सुट आउटमा पराजित गर्दै दोस्रो पटक विजेता बनेको हो ।
रोमाञ्चक फाइनल खेलमा स्पेनका लागि २१ औँ मिनेट मार्टिन जुबिमेन्डीको गोल गरे भने पोर्चुगलका तर्फबाट नुनो मेन्डेसले २६ औँ मिनेटमा बराबरी गोल गरेका थिए ।
पहिलो हाफको खेल सकिँदा सम्म स्पेनले २ः१ को अग्रता लिएको थियो । मिकेल ओयारजाबालले पहिलो हाफको अन्तिम तिर गोल गर्दै स्पेनलाई २ः१ को अग्रता दिलाएका थिए।
२ः१ ले पछि परेको पोर्चुगलकोलागि क्याप्टेन क्रिस्टियानो रोनाल्डोले ६१ औँ मिनेटमा थप १ गाेल गर्दै टिमलाई खेलमा फर्काएका थिए ।
निर्धारित समयसम्म गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै समूहबाट गोल गर्न नसक्दा खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । पेनाल्टी सुट आउटमा स्पेनलाई ५ः३ को अन्तरले हराउँदै पोर्चुगल विजेता बनेको हो । स्पेनकालागि अअल्भारो मोराटाले पेनाल्टीमा चुकेका थिए ।
पोर्चुगलले यसअघि सन् २०१९ मा भएको पहिलो संस्करणको उपाधि जितेको थियो । योसँगै दोस्रो पटक उपाधि जित्ने पोर्चुगल पहिलो टिम भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारकालाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण