चितुवाको आक्रमणबाट ६ वर्षीय बालकको मृत्यु
सारांश
- बन्दीपुर गाउँपालिका-२ कुवादीमा चितुवाको आक्रमणबाट ६ वर्षीय बालकको मृत्यु भएको छ। बालक आँगनमा खेलिरहेको अवस्थामा चितुवाको शिकार बने।
- तनहुँको घिरिङ गाउँपालिका-४ गड्यौलीटारमा करेन्ट लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ। घाँस काट्ने क्रममा हाइटेन्सन लाइनको तारमा छोएर उनको मृत्यु भयो।
दमौली । यहाँको बन्दीपुर गाउँपालिका–२ कुवादीमा आज साँझ चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ वर्षीय उत्सव गुरुङ रहेको प्रहरीले जनाएको छ ।
आँगनमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणपछि उपचारका लागि उनलाई बन्दीपुर अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।
तनहुँको भानु, बन्दीपुर, आँबुखैरेनीमा पछिल्ला केही वर्षयता चितुवा आतङ्क बढेको छ । यसैबीच, तनहुँको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा करेन्ट लागेर आज एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १५ वर्षीया निर्मला कुमाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रुखमा घाँस काट्ने क्रममा ‘हाइटेन्सन लाइन’को तार छोएर घाइते कुमालको उपचारका क्रममा बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण