मङ्गलबार, २७ जेठ २०८२
ताजा लोकप्रिय

चितुवाको आक्रमणबाट ६ वर्षीय बालकको मृत्यु

सोमबार, २६ जेठ २०८२, २१ : २०
सोमबार, २६ जेठ २०८२

समाचार सारांश

  • बन्दीपुर गाउँपालिका-२ कुवादीमा चितुवाको आक्रमणबाट ६ वर्षीय बालकको मृत्यु भएको छ। बालक आँगनमा खेलिरहेको अवस्थामा चितुवाको शिकार बने।
  • तनहुँको घिरिङ गाउँपालिका-४ गड्यौलीटारमा करेन्ट लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ। घाँस काट्ने क्रममा हाइटेन्सन लाइनको तारमा छोएर उनको मृत्यु भयो।

दमौली । यहाँको बन्दीपुर गाउँपालिका–२ कुवादीमा आज साँझ चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ वर्षीय उत्सव गुरुङ रहेको प्रहरीले जनाएको छ ।  

आँगनमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणपछि उपचारका लागि उनलाई बन्दीपुर अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । 

तनहुँको भानु, बन्दीपुर, आँबुखैरेनीमा पछिल्ला केही वर्षयता चितुवा आतङ्क बढेको छ ।  यसैबीच, तनहुँको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा करेन्ट लागेर आज एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १५ वर्षीया निर्मला कुमाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

रुखमा घाँस काट्ने क्रममा ‘हाइटेन्सन लाइन’को तार छोएर घाइते कुमालको उपचारका क्रममा बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप