भीमदत्तद्वारा नदीजन्य पदार्थ उत्खनन प्रतिवन्ध
सारांश
- भीमदत्त नगरपालिकाले जेठ मसान्तपछि खोला र नदीबाट नदीजन्य पदार्थ उत्खनन बन्द गर्ने निर्णय गरेको छ।
- नगरपालिकाका अनुसार, असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न पाइने छैन।
- कानून उल्लङ्घन गर्नेलाई कडा कारबाही गरिनेछ, जसमा ढुङ्गा, बालुवा, गिट्टी उत्खनन पर्दछ।
कञ्चनपुर । भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य पदार्थ सङ्कलन र उत्खनन बन्द गरिने भएको छ । जेठ मसान्तपछि नदीजन्य पदार्थ, सङ्कलन र उत्खननको कार्य बन्द गरिने भएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार ढुङगा, बालुवा, गिटी, उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ (पहिलो संशोधन २०७९)दफा ४ उपदफा १६ बमोजिम प्रत्येक वर्षको असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन गर्न नपाइने व्यवस्था रहेको छ ।
“सोही कानुनी व्यवस्था अनुसार नदीजन्य पदार्थ सङ्कलन र उत्खननको कार्य बन्द गरिने भएको हो ” उनले भने, “उत्खनन कार्य बन्द रहेको अवस्थामा उत्खनन, सङ्कलनको कार्य गरेको पाइए प्रचलित कानुन अनुसार हदैसम्मको कारबाही हुने छ ।”
नगरपालिका क्षेत्रमा महाकाली नदी, चुरे क्षेत्रका खोलाबाट नदीजन्य पदार्थ सङकलन र उत्खननको कार्य हुने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण