दिल्लीबाट काठमाडौँ चल्ने बस प्रयोग गरेर तस्करी, ६ जनाविरूद्ध मुद्दा दायर
काठमाडौँ । राजस्व अनुसन्धान विभागले भारतको नयाँ दिल्लीबाट काठमाडौं चल्ने यात्रुवाहक बसमा फल्स बटम बनाएर अवैध रूपमा कपडा, औषधी र धूप ओसारपसार गर्ने कार्यमा संलग्न ६ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले ललितपुर महानगरपालिका वडा नं. २१ निवासी ३१ वर्षीय कृष्ण गोपाल श्रेष्ठसहित ६ जनाविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन अनुसार कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेको महानिर्देशक चण्डी प्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसन्धान अनुसार, प्रतिवादीहरूले फल्स बटम बनाई सो भित्र लुकाई ल्याइएका सामानको भन्सार नतिरी गैरकानुनी रुपमा नेपाल भित्र्याएको पाइएको छ। यस कार्यद्वारा उनीहरूले करिब रु. २ करोड ५२ लाख ४८ हजार ३ सय ६६ रुपैयाँ बराबरको राजस्व छली गरेको खुलेको छ ।
विभागले ऐनअनुसार सोही रकम विगोका रूपमा असुल गर्न, त्यसको दोब्बर जम्मा रु. ५ करोड ४ लाख ९६ हजार ७ सय ३२ जरिवाना गर्न तथा संलग्नलाई कैद सजाय पनि माग गरेको छ । साथै, ओसारपसारमा प्रयोग गरिएको ना. ५ ख ७३१४ नम्बरको सवारीसाधन जफत गर्न तथा अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार क्षतिपूर्ति पनि माग गरिएको निर्देशक नवराज अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण