संगीताविरूद्ध भ्रष्टाचार मुद्दा लागेसँगै सञ्चार मन्त्रालयले तोक्यो मास्केलाई निमित्त

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छन् ।
प्रबन्ध निर्देशक संगीता पहाडीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै सञ्चार मन्त्रालयले उनलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न जिम्मेवारी तोकेको हो ।
बुधबार भएको मन्त्रीस्तरीय निर्णय बमोजिम जिम्मेवारी पाउनुअघि उनले कम्पनीको नायब प्रबन्ध निर्देशकको रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् । पत्र पाइसँगै उनले आजैदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेको टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नवनियुक्त निमित्त प्रबन्ध निर्देशक सबिना मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बीई गरेकी छन् । उनी २०४९ माघ २५ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् ।
यस्तै २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी उनी २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चारमन्त्रीको चेतावनी मेटाले टेरेन
-
डा.अमरेश सिंहले मागे कानुन मन्त्रीको कल डिटेल्स, सुशीलाले जनाइन् नियमापत्ति
-
सार्वजनिक ऋणको हिस्सा जीडीपीको ४३ दशमलव ४७ प्रतिशत पुग्यो
-
सरकारलाई अल्टिमेटमसहित खुले सुनचाँदी पसल, तस्बिरहरू
-
बिग बास लिगमा कुनै पनि नेपाली खेलाडीको बोली लागेन
-
ज्योति भण्डारीविरुद्ध नागरिकता र पासपोर्ट किर्ते कसुरमा पनि अनुसन्धान