डा. अमरेश सिंहले मागे कानुन मन्त्रीको कल डिटेल्स, सुशीलाले जनाइन् नियमापत्ति
सारांश
- स्वतन्त्र सांसद डा.अमरेश सिंहले कानुनमन्त्री अजयकुमार चौरासियाको कल डिटेल्स सार्वजनिक गर्न माग गरेका छन्।
- सांसद सिंहले न्याय परिषद विघटन गर्नुपर्ने र नेता तथा न्यायाधीशको कल डिटेल्स सार्वजनिक हुनुपर्ने बताए ।
- उनले न्याय प्रभावित पार्न खोजेको र हरेक अदालत दलीय छायामा रहेको आरोप लगाए।
काठमाडौँ । स्वतन्त्र सांसद डा.अमरेश सिंहले कानुनमन्त्री अजयकुमार चौरासियाको कल डिटेल्स सार्वजनिक गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले कुनै मुद्दा पर्दा मन्त्री चौरासियाले न्यायाधीशहरूलाई फोन गरेर न्याय प्रभावित पार्न खोजेको आफूसँग प्रमाण रहेको भन्दै यस्तो माग गरेका हुन् ।
उनले न्याय परिषदको औचित्य समेत समाप्त भएकाले विघटन गर्नुपर्ने माग गरे । ‘न्यायपरिषदको औचित्य आवश्यकता छैन । न्यायपरिषद एउटा सिन्डिकेट हो । त्यो सिन्डिकेट प्रणालीलाई समाप्त गर्नुपर्छ किनकि यो राजनीतिक सिन्डिकेट हो’, सिंहले भने, ‘दोस्रो कुरा नेता र न्यायाधीशको कल डिटेल्स सार्वजनिक हुनुपर्छ । म सुन्दै आइरहेको छु कि कानुनमन्त्री बिहान बिहान कसैको मुद्दा छ भने एक नम्बर न्यायाधीशलाई फोन गर्नुहुन्छ । उच्चमा मुख्य न्यायाधीश र सर्वोच्चका न्यायाधीशहरुलाई फोन गर्नुहुन्छ । त्यसकारण म माग गर्छु कानुनमन्त्रीको कल डिटेल्स बाहिर आओस् ।’ उनले किन न्यायाधीशलाई फोन गरेको भन्दै न्यायालय प्रभावित पार्न नपाइने बताए । ‘कल डिटेल्स मागौँ गल्ती भए म सांसद पद त्याग गर्छु’, सिंहको भनाई छ ।
उनले पीडितहरूले न्याय पाउन नसकेको भन्दै दलले न्याय पाए पनि जनताले न्याय नपाएको बताए । उनले हरेक अदालत दलीय छायामा रहेको पनि बताए । सिंहले यस्तो बताइरहँदा कांग्रेसकी सुशीला थिङले नियमापत्ति जनाएकी थिइन् । उनले नियम २३ लाई उद्धरण गर्दै विषय समद्दता नभएकाले कानुन मन्त्रीको कल डिटेल्सको कुरा हटाउन माग गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण