डा. अमरेश सिंहले मागे कानुन मन्त्रीको कल डिटेल्स, सुशीलाले जनाइन् नियमापत्ति

समाचार सारांश
- स्वतन्त्र सांसद डा.अमरेश सिंहले कानुनमन्त्री अजयकुमार चौरासियाको कल डिटेल्स सार्वजनिक गर्न माग गरेका छन्।
- सांसद सिंहले न्याय परिषद विघटन गर्नुपर्ने र नेता तथा न्यायाधीशको कल डिटेल्स सार्वजनिक हुनुपर्ने बताए ।
- उनले न्याय प्रभावित पार्न खोजेको र हरेक अदालत दलीय छायामा रहेको आरोप लगाए।
काठमाडौँ । स्वतन्त्र सांसद डा.अमरेश सिंहले कानुनमन्त्री अजयकुमार चौरासियाको कल डिटेल्स सार्वजनिक गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले कुनै मुद्दा पर्दा मन्त्री चौरासियाले न्यायाधीशहरूलाई फोन गरेर न्याय प्रभावित पार्न खोजेको आफूसँग प्रमाण रहेको भन्दै यस्तो माग गरेका हुन् ।
उनले न्याय परिषदको औचित्य समेत समाप्त भएकाले विघटन गर्नुपर्ने माग गरे । ‘न्यायपरिषदको औचित्य आवश्यकता छैन । न्यायपरिषद एउटा सिन्डिकेट हो । त्यो सिन्डिकेट प्रणालीलाई समाप्त गर्नुपर्छ किनकि यो राजनीतिक सिन्डिकेट हो’, सिंहले भने, ‘दोस्रो कुरा नेता र न्यायाधीशको कल डिटेल्स सार्वजनिक हुनुपर्छ । म सुन्दै आइरहेको छु कि कानुनमन्त्री बिहान बिहान कसैको मुद्दा छ भने एक नम्बर न्यायाधीशलाई फोन गर्नुहुन्छ । उच्चमा मुख्य न्यायाधीश र सर्वोच्चका न्यायाधीशहरुलाई फोन गर्नुहुन्छ । त्यसकारण म माग गर्छु कानुनमन्त्रीको कल डिटेल्स बाहिर आओस् ।’ उनले किन न्यायाधीशलाई फोन गरेको भन्दै न्यायालय प्रभावित पार्न नपाइने बताए । ‘कल डिटेल्स मागौँ गल्ती भए म सांसद पद त्याग गर्छु’, सिंहको भनाई छ ।
उनले पीडितहरूले न्याय पाउन नसकेको भन्दै दलले न्याय पाए पनि जनताले न्याय नपाएको बताए । उनले हरेक अदालत दलीय छायामा रहेको पनि बताए । सिंहले यस्तो बताइरहँदा कांग्रेसकी सुशीला थिङले नियमापत्ति जनाएकी थिइन् । उनले नियम २३ लाई उद्धरण गर्दै विषय समद्दता नभएकाले कानुन मन्त्रीको कल डिटेल्सको कुरा हटाउन माग गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम सुकुम्बासी सङ्घद्वारा काठमाडौँ महानगरपालिका घेराउ गर्ने चेतावनी
-
घरायसी विवाद हुँदा देवरले गरे भाउजूको हत्या
-
अन्तिम फैसला नआएसम्म आधिकारिक एनआरएनए हामी नै हौँ : महेश श्रेष्ठ
-
किशोरीद्वारा युवकमाथि चक्कु प्रहार, भाग्न खोज्दा लडेर घाइते
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान
-
हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट