रास्वपाको पलेँटी र राप्रपाको बहिस्कार : माओवादी र एकीकृत समाजवादीले मागे निजामती विधेयक
सारांश
- भिजिट भिसा प्रकरणमा छानबिनको माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभामा विरोध जारी राखे। राप्रपाले बैठक बहिस्कार गर्यो भने रास्वपाका सांसदहरूले सभामुखको आसनअघि विरोध प्रदर्शन गरे।
- रास्वपाका सांसद हरि ढकालले सरकारले आवाज नसुनेको भन्दै विरोध गरे भने राप्रपाका ज्ञानेन्द्रबहादुर शाहीले छानबिन समिति नबने बैठक बहिस्कार गर्ने बताए।
- माओवादी र नेकपा एसका नेताहरूले निजामती विधेयकलाई संसदबाट पारित गर्नुपर्ने माग गरे, कतिपय सचिवको राजीनामाको धम्कीका कारण विधेयक रोकिएको उनीहरूको भनाइ छ।
काठमाडौँ । भिजिट भिसा प्रकरणमा छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभामा विरोध कायमै राखेका छन् । अघिल्ला दिनमा जस्तै बिहीबारको बैठकमा पनि राप्रपाले बैठक बहिस्कार गर्यो भने रास्वपाका सांसदहरू बेल घेराउ गर्दै सभामुखको आसनअघि पलेँटी कसेर बसे ।
सभामुख देवराज घिमिरेले संसद् बैठक सुरु भएको जानकारी गराए लगत्तै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपाका सांसद हरि ढकाललाई बोल्ने समय दिए ।
उनले सरकारले भुइँमान्छेका आवाज नसुनेको भन्दै विरोध गरे । उनले संसदमा आफूहरूको आन्दोलन जारी रहेको बताएपछि रास्वपा सांसदहरू उठेर बेल अगाडि पुगेका थिए ।
त्यसपछि सभामुखले राप्रपाका प्रमुख सचेतक समेत रहेका ज्ञानेन्द्रबहादुर शाहीलाई बोल्न समय दिएका थिए । उनले भिजिट भिसा प्रकरणमा छानबिन समिति नबनाएसम्म बैठक बहिस्कार गर्ने घोषणा गरे ।
त्यसपछि बोल्न समय पाएका माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको निजामती विधेयकको संसद्को फुल हाउसबाट पारित गर्नुपर्ने बताए ।
उनले संसद् पुगेको विधेयक कार्यसूचीमा प्रवेश गरेर पनि हटाइएको भन्दै माओवादीले आपत्ति जनाउँदै तत्काल ल्याउन आग्रह गरे । त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले पनि सचिवहरुले संयुक्त राजीनामा दिन्छौँ भनेर विरोध गरेपछि विधेयक रोकिएको भन्दै सरकारलाई खुट्टा नकमाउन र विधेयक ल्याउन माग गरे ।
‘२५ जना सचिवले राजीनामा दिए नयाँ सहसचिव आउँछन् । धम्कीको भरमा यस्तो निर्णय गर्न खुट्टा कमाउनु हुँदैन’पाण्डेको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण